चुनौतीलाई चुनौती दिने बाँचेर फर्किन्छ

समाधान संवाददाता २०७७ मंसिर २३ गते २०:५८

समाधान संवाददाता, पोखरा

सगरमाथाको नयाँ उचाइ मंगलबार सार्वजनिक गरियो । नेपाल र चीनले मंगलबार गरेको संयुक्त घोषणा कार्यक्रममा सगरमाथाको उचाइ ८६ सेन्टिमिटर बढेको सार्वजनिक भयो । अब सगरमाथाको उचाइ ८८४८.८६ मिटर भएको छ । नयाँ उचाइ हिउँसहितको हो ।

सगरमाथाको उचाइ मापनका लागि नापी विभागका प्रमुख अधिकृत (हालका उपसचिव) खीमलाल गौतमको नेतृत्वमा अधिकृत रविन कार्की, सर्वेयर सुरजसिंह भण्डारी र अमिन युवराज धितालको टोली गएको थियो ।

Advertisement

टोलीलाई छिरिङ जाङ्बु शेर्पाको टोलीले गाइड गरेका थिए । सगरमाथाको उचाइ मापन कार्य परम्पारगत विधि (समतल नापी) तथा आधुनिक विधि (जीएनएसएस) र स्थलगत भू (आकर्षण सर्वेक्षण) जस्ता विधि अवलम्बन गरिएको हो ।

टोलीका प्रमुख गौतम सगरमाथालाई चुनौतीको पहाड बताउँछन् । उनी भन्छन् – सगरमाथा समस्याको अर्को नाम हो । त्यहाँ चढ्नु आफैंमा चनौती हो भने चढेर काम गर्नु महा–चुनौती छ ।

Advertisement

उनले समाधानलाई सगरमाथा उचाइ मापन अनुभवबारे छोटो प्रतिक्रिया दिएका छन् । पढौं उनकै शब्दमा:

सरकारले जिम्मेवारी दिएपछि मसहित ४ साथी सगरमाथाको उचाइ नाप्न खटिएका थियौं । म त्यसबेला नापी कार्यालय कास्कीमा कार्यालय प्रमुख थिएँ, अहिले पनि छु । संसारभर प्रचलनमा रहेकै प्रविधि प्रयोग गरेर हामीले उचाइ मापन गर्‍यौं ।

२ जनाले सवा घन्टा बसेर त्यहाँको डेटा लिएका हौं । अरु २ जना साथी आधार शिविरमै बस्नुभयो । माथि हामीलाई समस्या हुन्छ, आर्मी, प्रहरीसँग समस्या गर्न उहाँहरु तल बस्नुभयो । तर यो काममा सबैको बराबर भूमिका छ । सगरमाथा समस्याको अर्को नाम हो ।

त्यहाँ चढ्नु आफैंमा चनौती हो भने चढेर काम गर्नु महा–चुनौती छ । त्यो वाक्यमा भन्न सकिन्न । चुनौतीलाई नै चुनौती दिएर जसले जित्छ त्यो नै बाँचेर आउने हो । सगरमाथा त्यस्तो ठाउँ हो जहाँ चुनौतीसँग हारेपछि मान्छे फर्किन्छ वा उसको लास आउँछ ।

तपाईको प्रतिक्रिया