लायन्स क्लब इस्ट टाउनमा भुर्तेल

समाधान संवाददाता २०७७ मंसिर २८ गते १०:१५

समाधान संवाददाता, पोखरा

लायन्स क्लब अफ पोखरा इस्ट टाउनको संस्थापक अध्यक्षमा युवा व्यवसायी सन्तोष भुर्तेल चयन भएका छन् ।

युवा व्यवसायी तथा सामाजिक अभियान्ताको भेलाले उनको नेतृत्वमा नयाँ क्लब गठन गरेको हो । लायन्स अन्तर्राष्ट्रियबाट क्लबको चार्टरसमेत आइसकेको अध्यक्ष भुर्तेलले जानकारी दिए ।

Advertisement

क्लबको प्रथम उपाध्यक्षमा चिरञ्जीवी न्यौपाने, द्वितीय उपाध्यक्षमा आनन्दराज पोखरेल र सचिवमा सरोज भुतेल चयन भएका छन् ।

एडमिस्टेटरमा अरुण पौडेल, ट्रेजररमा रामशरण थापा, सहसचिवमा प्रदीप पोखरेल, सहकोषाध्यक्षमा सन्दीप थापा चयन भएका छन् ।

Advertisement

क्लबको मार्केटिङ कम्प्युनिकेसन चियरपर्सनमा राजेश बास्तोला, टेमरमा अमृत कँडेल, टेल टुइस्टर फिच्चु घले, डारेक्टरमा कृष्ण तिवारी र उज्ज्वल तिवारी छन् ।

सामाजिक क्षेत्रमा काम गर्ने उद्देश्यका साथ क्लब स्थापना गरिएको सचिव सरोज भुर्तेलले बताए ।

क्लबको एक्स्टेन्स चियरपर्सनमा सुरेन्द्र पौडेल र विकास भुर्तेल तथा गाइडिङ लायनमा ठाकुरप्रसाद अधिकारी र लेखबहादुर केसी छन् ।

यसैबीच, शुक्रबार क्लबको परिचयात्मक कार्यक्रम भएको छ । कार्यक्रममा लायन्सका डिस्ट्रिक्ट सेक्रेटरी सूर्यकुमार केसीले नयाँ क्लबले सामाजिक क्षेत्रमा राम्रो काम गर्नेमा आफूहरु विश्वस्त रहेको बताए ।

डिस्ट्रिक्ट चियरपर्सन विकास भुर्तेलले व्यापार व्यवसायसँगै संघ, संस्थामा आबद्ध भएर सामाजिक क्षेत्रमा सक्रिय हँुदा नेतृत्व विकासमा समेत टेवा पुग्ने धारणा राखे । क्लबलाई लायन्स क्लब अफ पोखरा मिड टाउनले स्पोन्सर गरेको हो ।

तपाईको प्रतिक्रिया