क्यान्सर पीडितलाई सहयोग

समाधान संवाददाता २०७७ मंसिर ३० गते ११:२८

गण्डकी, रासस

घाँटीको क्यान्सर पीडित शंकर नेपालीलाई शुभकामना आमा समूहले आर्थिक सहयोग गरेको छ ।

पोखरा महानगरपालिका वडा नं. १७ रातोपैह्राका ६५ वर्षीय नेपालीको उपचारार्थ स्थानीय आमा समूहले ११ हजार ६४५ रुपैया आर्थिक सहयोग गरेको हो ।

Advertisement

नेपालीको निवासमा सोमबार आयोजित एक कार्यक्रमका बीच शुभकामना आमा समुहकी अध्यक्ष हिरादेवी अधिकारीले क्यान्सर पीडित नेपालीकी श्रीमती रत्नकुमारी नेपालीलाई उक्त रकम हस्तान्तरण भयो ।

सबैको सहयोगले क्यान्सर जस्तो रोगसँग लडिरहेका नेपालीको उपचारमा सहयोग पुग्ने उद्देश्यका साथ समूहले सानो भएपनि सहयोग गरेको उपस्थित आमा समूहको सामूहिक धारणा छ ।

Advertisement

ज्याला मजदूरी गरेर जिविकोपार्जन गर्दै आएका नेपालीको हाल पोखरास्थित गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ । बन्दाबन्दीसँगै उनीले बाँसका विभिन्न सामग्री बनाएर बिक्री गर्दै आएका थिए ।

कमाउने श्रीमानलाई जटिल रोग लागेपछि अहिलेसम्म उपचार गर्दा ३ लाख रुपैया भन्दा बढी खर्च भई सकेको उनकी श्रीमती रत्नकुमारी नेपालीले गहभरि आँसु पारेर दुखेसो सुनाइन् ।

यसअघिको उपचारमा स्वास्थ्य बिमा र गाउँपालिकाको सिफारिसमा अस्पतालले केही रकम छुट भएर सुविधा पुगेपनि आगामी दिनमा उपचारको लागि कुनैपनि विकल्प नभएको भन्दै उनले विभिन्न संघसंस्था एवं व्यक्तिसँग सहयोगको अपिल गरेकी छन् ।

कोरोना भाइरसको कारण मुलुकमा बन्दाबन्दी भएसँगै श्रीमान्ले बाँसका चोयाका सामग्री बनाएर बिक्री गर्नु र आपूm तरकारी खरिद बिक्री गर्दै आउनुका साथै छोराछोरीले पनि मजदूरी गरेर सिंगो परिवार चल्दै आएको थियो ।

तपाईको प्रतिक्रिया