थपिए ८२ संक्रमित

समाधान संवाददाता २०७७ पुष २ गते १८:२७

समाधान संवाददाता, पोखरा

गण्डकी प्रदेशमा ८२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । प्रदेशका १० जिल्लामा ८२ संक्रमित थपिएका हुन् ।

थपिनेमा कास्कीका ४६ जना छन् । लमजुङमा १०, तनहुँ, नवलपुरमा ७/७, स्याङ्जामा ४, मुस्ताङमा ३ संक्रमित थपिँदा गोरखामा २, पर्वत, म्याग्दी र मनाङमा १/१ जनामा संक्रमण पुष्टि भएको छ ।

Advertisement

प्रदेशमा कोरोना संक्रमितको संख्या १३ हजार ६ सय ६५ पुगेको छ । त्यसमध्ये ११ हजार ९ सय १४ संक्रमित निको भएका छन् ।

बुधबार थप १ संक्रमितको मृत्यु पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय, गण्डकीका अनुसार कास्कीका १ संक्रमितको मृत्यु भएको हो ।

Advertisement

अन्नपूर्ण गाउँपालिका ३ का ६८ वर्षीय कोरोना संक्रमित पुरुषको बुधबार बिहान सवा ४ बजे पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो ।

मंसिर २९ गते कोरोना संक्रमण पुष्टि भएका उनमा निमोनिया र उच्च रक्तचापको समस्या थियो ।

यससँगै गण्डकी प्रदेशमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १ सय ८७ पुगेको छ ।

तपाईको प्रतिक्रिया