शिवालय शिक्षक अभिभावक संघमा रामचन्द्र

समाधान संवाददाता २०७७ पुष ६ गते १९:४१

समाधान संवाददाता, पोखरा

कास्कीको रुपा गाउँपालिका २ थुम्कीस्थित शिवालय माध्यमिक विद्यालयको शिक्षक अभिभावक संघको अध्यक्षमा रामचन्द्र ओझा सर्वसम्मत भएका छन् ।

संघका सदस्यमा काजीमान सुर्खाली, मीना परियार, नवराज सुवेदी, सपना आलेमगर, वसन्त थापा मगर, कालिका ओझा र दीपा ओझा छन् ।

Advertisement

संघमा विद्यालय व्यवस्थापन समिति अध्यक्ष राजन सुवेदी पदेन सदस्य तथा प्रधानाध्यापक रुपिन्द्रप्रभावी जोशी पदेन सदस्य सचिव छन् भने शिक्षक प्रतिनिधि शान्ता तिमल्सेना चयन भएकी छन् ।

कार्यक्रममा रुपा गाउँपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख सन्दीप पौडेलले शिवालय माविले हरेक क्षेत्रमा मार्दै गएको फड्कोमा नयाँ शिक्षक अभिभावक संघले थप टेवा दिने विश्वास व्यक्त गरे ।

Advertisement

संघले विद्यालयको चौतर्फी विकासमा महत्त्वपूर्ण योगदान गर्न सक्ने उल्लेख गर्दै बेकामे समितिजस्तो भएर नबस्न पौडेलले नवगठित समितिलाई आग्रह गरे ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष राजन सुवेदीले वर्तमान विद्यालय व्यवस्थापन समिति समयानुकूल विद्यालयको विकास गर्ने अभियानमा जुटेको भन्दै शिक्षक अभिभावक संघको सहयोगी भूमिका रहने विश्वास व्यक्त गरे ।

उनले आवश्यक ठाउँमा नेतृत्वसमेत लिँदै विद्यालयको चौतर्फी विकासका लागि निगरानी र सक्रियतापूर्वक अघि बढ्न सम्पूर्ण अभिभावकलाई आग्रह गरे ।

विद्यालयका प्रधानाध्यापक रुपिन्द्रप्रभावी जोशीले कोभिडको महामारीका बीचमा पनि स्वास्थ्य सतर्कता अपनाउँदै पठनपाठनसँगै भौतिक कार्य पनि अघि बढिरहेको जानकारी दिए ।

तपाईको प्रतिक्रिया