टेलिकमले सुरु गर्यो एनटिटिभी

समाधान संवाददाता २०७७ पुष १८ गते ११:०२

समाधान संवाददाता, पोखरा

नेपाल टेलिकमले शुक्रबारबाट फाइबर टु द होममार्फत इपिटिभी सुरु गरेको छ । टेलिकमले एनटिटिभी ब्रान्डमा सुरु गरेको यो सेवापछि ट्रिपल प्ले अवधारणा कार्यान्वयन भएको हो ।

कम्पनीको केन्द्रीय कार्यालयमा शुक्रबार भएको कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले एनटिटिभी सुरुआत गरेका हुन् । उनले नेपाल टेलिकमले अत्याधुनिक सेवाका रुपमा एउटै तारबाट भ्वाइस, इन्टरनेट र टेलिभिजन सेवा उपलब्ध गराउन लागेकोमा उत्साहित भएको उल्लेख गरे ।

Advertisement

उनले दिगो र भरपर्दो सेवाका लागि योजना बनाएर खटिन निर्देशन दिए ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव हरिप्रसाद बस्यालले जनतामा अत्यधिक माग भएको एउटै फाइबरबाट तीनथरी सेवा उपलब्ध हुने एफटीटीएच सेवालाई मुलुकभर विस्तार गर्नुपर्नेमा जोड दिए । टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले हालसम्म मुलुकका ३९ जिल्लामा एफटीटीएच सेवा विस्तार गरिएको जानकारी दिए ।

Advertisement

एफटीटीएच सेवामार्फत भ्वाइस सेवा वा डाटा सेवा वा दुवै सेवा प्रयोग गरिरहेका ग्राहकले एनटी टिभी सेवा प्राप्त गर्न नजिकैको नेपाल टेलिकम कार्यालयमा सम्पर्क पर्छ तत्कालका लागि काठमाडौ उपत्यकाका अधिकांश स्थान र काठमाडौ बाहिर बनेपामा एनटी टिभी सेवा उपलब्ध हुनेछ ।

राष्ट्रिय टिभी च्यानल तथा विदेशी च्यानलहरु उपलब्ध हुने एनटी टिभी सेवा वेसिक प्याकेज र प्रिमियम प्याकेजमा छुट्याइएको छ । यसको सेवा अवधि १ महिना, ३ महिना वा १ वर्ष हुनेछ ।

इन्टरनेट ब्यान्डविथ प्रयोगका आधारमा यसको मूल्य फरक फरक कायम गरिएको छ ।

तपाईको प्रतिक्रिया