गण्डकी प्रदेशका सांसदको गाडीको सिसा कसले फुटायो ?

समाधान संवाददाता २०७७ पुष १८ गते १४:०२


समाधान संवाददाता


गण्डकी प्रदेश सभामा प्रदेश मामिला समितिका सभापति कृष्ण थापाको गाडीको सिसा अज्ञात समूहले फुटाएको छ । बागलुङबाट निर्वाचित प्रदेश सभा सदस्य थापाले समिति सभापतिको हैसियतमा प्रयोग गर्दै आएको ग१झ ३७१ नम्बरको स्कोरपियो गाडीको पछाडिको सिसा फुटेको हो ।


सांसद थापा आफ्नो पार्टी राष्ट्रिय जनमोर्चाको प्रशिक्षण कार्यक्रमका लागि अहिले बागलुङको बरेङ गाउँपालिकामा छन् । सोही कार्यक्रमका लागि हिजो उनी बरेङको बाटाचौर पुगेका थिए । हिजो राति नै कसैले उनको गाडीको सिसा फुटाइदिएको थियो ।

Advertisement

‘आजको कार्यक्रमका लागि भनेर हिजो बाटोचौरमा राति ९ बजे आयौं, गाडी ठिकै थियो,’ सांसद थापाले भने, ‘बिहान उठेर हेर्दा पछाडिको सिसा फुटाइएको रहेछ ।’ कसले गाडीको सिसा फुटायो भन्नेबारे यकीन हुन नसकेको सांसद थापाले जनाए ।

Advertisement

तपाईको प्रतिक्रिया