४ सय ३ मा कोरोना, ७ को मृत्यु

समाधान संवाददाता २०७७ पुष २० गते १६:५१

काठमाडौँ

नेपालमा पछिल्लो २४ घण्टामा थप ४ सय ३ जना कोरोना संक्रमित थपिएका छन्।

यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ६२ हजार २६२ पुगेको छ।

Advertisement

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार ५९४ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ५५ हजार ८८ पुगेको छ।

हाल देशभर ५ हजार २ सय ८९ जना सक्रिय संक्रमित रहेका छन। यस्तै नेपालमा पछिल्लो २४ घण्टामा थप ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ८ सय ८५ पुगेको छ।

Advertisement

तपाईको प्रतिक्रिया