पोखरामा फुडमाण्डू, जनवरीमा ३० प्रतिशत छुट

समाधान संवाददाता २०७७ पुष २३ गते १८:२७

समाधान संवाददाता, पोखरा

फुडमाण्डूले पोखरामा आफ्नो सेवा बिस्तार गरेको छ ।

नेपालको पहिलो अनलाइन फुड डेलिभरी प्लेटफर्म फुडमाण्डूले पहिलोपटक काठमाडौंबाहिर पोखरामा सेवा बिस्तार गरेको हो ।

Advertisement

फुडमाण्डूले बिहीबार पत्रकार सम्मेलनमार्फत पोखरामा आफ्नो सेवा बिस्तार गरेको जनाएको छ । अब फुडमाण्डूबाट पोखरेलीले अनलाइनबाटै खानेकुराहरुको अर्डर गर्न सक्नेछन् ।

कम्पनीका बजार व्यवस्थापक श्यामरत्न मालीले गुणस्तरीय खानेकुराहरु अनलाइनमार्फत घरमा नै उपलब्ध गराउन आफूहरु पोखरा आएको बताए ।

Advertisement

फुडमाण्डूले हाल ३० भन्दा बढी स्थानीय रेष्टुरेन्ट तथा होटलहरुसँग सहकार्य गरेको छ । यो संख्या विस्तारै बढाउँदै लगिने मालीले बताए ।

कम्पनीका संस्थापक मनोहर अधिकारीले आफूहरुले पहिलेबाट नै पोखरामा सेवा विस्तार गर्ने योजना बनाएपनि विविध कारणले रोकिएको बताए ।

‘हामीले २०२० मा नै देशका विभिन्न स्थानमा सेवा बिस्तार गर्ने लक्ष्य लिएका थियौं, तर कोभिड १९ को कारणले गर्दा आफ्नो ध्यान अन्य प्रमुख विषयमा केन्द्रित भयो,’ उनले भने ।

कार्यक्रममा बोल्दै रेबान पोखराका अध्यक्ष लक्ष्मण बरालले पोखरामा फुडमाण्डूले रेष्टुरेन्टहरुलाई समेत व्यापार बिस्तार गर्न सहज हुने बताए ।

ग्राहकहरुले घरमा नै बसेर खानेकुराको आनन्द लिनसक्ने हुँदा त्यसले गुणस्तरीय सेवा दिन समेत प्रतिस्पर्धा हुने उनको भनाइ थियो ।

पोखरामा सेवा बिस्तार गर्ने क्रममा फुडमाण्डूले पोखरेलीहरुलाई जनवरी ३१ सम्म ३० प्रतिशत छुट घोषणा गरेको छ ।

तपाईको प्रतिक्रिया