बालबालिकालाई ज्याकेट

समाधान संवाददाता २०७७ माघ ८ गते १२:१८

पोखरा, समाधान

कर्मफ्लाइटस् पोखराले शैक्षिक सुधार कार्यक्रम अन्तर्गत बाग्लुङ र रुकुम पूर्वका १३ विद्यालयका विद्यार्थीलाई ज्याकेट हस्तान्तरण गरेको छ ।

संस्थाले १ हजार ३ सय ४६ विद्यार्थीलाई ज्याकेट दिएको हो ।

Advertisement

प्याराग्लाइडिङ पाइलटको यो संस्थाले पुस १ देखि ८ गतेसम्म सम्बन्धित विद्यालयमै पुगी ज्याकेट वितरण गरेको हो ।

शैक्षिक सुधार कार्यक्रम अन्तर्गत हरेक वर्ष संस्थाले दूरदराज र हिमाली भेगका विद्यार्थीलाई न्यानो ज्याकेट वितरण गर्दै आएको अध्यक्ष भूपालसिंह गुरुङले जानकारी दिए ।

Advertisement

तपाईको प्रतिक्रिया