अस्पताल विकास समिति बन्ने

समाधान संवाददाता २०७७ माघ ८ गते १२:२१

रामशरण नेपाली, लेखनाथ

संक्रामक तथा सरुवा रोग नियन्त्रण अस्पताल पोखरा ३० को पहिलो अर्धवार्षिक समीक्षा बुधबार गरिएको छ ।

गत साउनमा यो अस्पताल गण्डकी प्रदेश मातहत आएको हो । कार्यक्रममा सामाजिक विकास मन्त्रालय गण्डकी प्रदेशका सचिव विनोद कुवँरले सरकारबाट प्रदान गरिने सेवालाई प्रभावकारी बनाउन आवश्यक समन्वय गरी छिटृै नै अस्पताल विकास समिति गठन गरिने जानकारी दिए ।

Advertisement

सामाजिक विकास मन्त्री नरदेवी पुनले गुणस्तरीय सेवा प्रदान गर्न मन्त्रालयले सघाउने प्रतिवद्धता गरिन् । अस्पतालका कार्यकारी निर्देशक विनोद गौचनले अस्पतालले हालसम्म २ सय ७४ कोरोनाका बिरामी र १ हजार २ सय २ जना अन्य रोगका विरामीको उपचार गरेको बताए ।

अस्पतालले ३ सय ९६ जनालाई एक्सरे सेवा प्रदान गरेको छ । छिटैेृ नै आइसियु, एचडियु र शल्यक्रिया सेवा प्रदान गर्ने तयारी भएको छ । आवश्यक स्वास्थ्य सावधानी अपनाउँदै कोरोना संक्रमित बिरामीको उपचार एवं नियमित स्वास्थ्य सेवा पनि सँगसँग सञ्चालन गरिने डा. गौचनले बताए ।

Advertisement

पोखरा ३० का वडा अध्यक्ष श्रीराम पोखरेलले अस्पतालको वस्तुस्थितिका बारेमा जानकारी गराएका थिए ।

अस्पतालका निर्देशक विकास गौचनको अध्यक्षतामा भएको कार्यक्रममा सूचना अधिकृत केदार लामिछाने र निमित्त मेसु डा. त्रिभुवन भण्डारीले पनि बोलेका थिए ।

तपाईको प्रतिक्रिया