गण्डकी प्रदेशलाई खोप लिन आज काठमाडौं जाँदै रेफ्रिजेरेटर भ्यान

समाधान संवाददाता २०७७ माघ ९ गते ७:००

अनुप पौडेल, पोखरा

भारतले अनुदानमा दिएको कोरोना भाइरसविरुद्धको १० लाख डोज खोप बिहीबार नेपाल आइपुगेको छ । खोप आइतबारसम्म सबै प्रदेशमा पुर्‍याउने सरकारको तयारी छ ।

गण्डकी प्रदेशको खोप भण्डारण गृह पोखरामा छ । तर कति खोप गण्डकीमा आउँछ भन्ने जानकारी केन्द्रबाट नआएको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

Advertisement

अहिले आउने भ्याक्सिन कतिलाई लगाउने भन्ने यकीन गर्न नसकिएको मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख शम्भुप्रसाद ज्ञवालीले बताए । ज्ञवालीका अनुसार गण्डकी प्रदेशमा स्वास्थ्यकर्मी,सरसफाइकर्मी र एम्बुलेन्स चालक गरेर बिहीबारसम्म साढे १८ हजारको नाम प्रदेश सरकारलाई प्राप्त भएको छ । ‘खोप आउँदासम्म यो संख्या अझै बढ्न सक्छ,’ उनले भने ।

सरकारले कुल जनसंख्याको ३ प्रतिशतलाई खोप दिने भनेको छ । प्रदेशमा पनि त्यही अनुसार आउने भएकाले गण्डकीमा ७५ हजार जनालाई (कुल जनसंख्या २५ लाख) खोप प्राप्त हुनेछ ।

Advertisement

एकजनालाई २ पटक लगाउनुपर्ने भएकाले ३० देखि ३५ हजार जनाले सुरुमा खोप लगाउन पाउने छन् । यसमा स्वास्थ्यकर्मी, महिला स्वयंसेविका, सरसफाइकर्मी र एम्बुलेन्स चालकले पहिलो प्राथमिकता पाउने छन् ।

प्रदेशमा पहिल्यैदेखि खोप भण्डारण हुँदै आएका २ वटा फ्रिज प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रअन्तर्गत छन् । केन्द्रको त्यही फ्रिज कोभिड–१९ को भ्याक्सिन ‘कोभिसिल्ड’ राख्न प्रयोग गरिनेछ । केन्द्रका निर्देशक खिमबहादुर खड्काका अनुसार कुनै समस्या नभए शुक्रबार बेलुकासम्म खोप पोखरा आइपुग्नेछ ।

‘शुक्रबारयहाँबाट गाडी जाँदैछ । सबै कुरा मिल्यो भने बेलुकासम्म आउँछ,’ उनले भने, ‘यहीँ ल्याएर स्टोर गरेर राख्छौं । निर्देशिका आयो भने १ हप्ताभित्र लगाउन सुरु हुन्छ ।’

महाशाखा प्रमुख ज्ञवालीका अनुसार अहिले २ वटा फ्रिजसञ्चालनमा छन् र एउटाको मर्मत जारी छ । ‘अहिले थोरै आउने भएकाले भइरहेकैमा भण्डारणलाई समस्या छैन । पछि धेरैआउँदा छुट्टै फ्रिज चाहिन्छ । अहिले एउटा कुलर मर्मत जारी छ,’ उनले भने ।

खोप पोखरा आएको ३ देखि ५ दिनमा जिल्लामा पुग्ने प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिए । अरु खोपजस्तै माइनस २ देखि ८ डिग्री सेन्टिग्रेडमा राखिने भएकाले जिल्लासम्म पु¥याउन कुनै समस्या नहुने उनले बताए ।

डा. शर्माका अनुसार जिल्लास्थित भण्डारण केन्द्रमा लगेपछि त्यो खोपलाई विभिन्न केन्द्रमा पु¥याइनेछ । गण्डकी प्रदेशका ११ जिल्लामा१७ सय खोप केन्द्र रहेको मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख शम्भुप्रसाद ज्ञवालीले जानकारी दिए ।

‘अहिलेलाई नियमित खोप लगाउँदा भइरहेकै ‘कोल्ड क्यारियर’ ले काम चल्छ,’ उनले भने, ‘पछि अरु भ्याक्सिन पनि लगाउनुपर्ने, कोभिड पनि लगाउन पर्दा त्यसको समस्या हुने देखिन्छ ।’

तपाईको प्रतिक्रिया