रहेनन् धनबहादुर गायक

समाधान संवाददाता २०७७ माघ १२ गते १०:०७

समाधान संवाददाता, पोखरा

चर्चित लोक गीत ‘यो दाजुको मिर्मिरे आँखा’, बेली र चमेली लगायत गीतका सर्जक धनबहादुर गायकको निधन भएको छ ।

उनको मनिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा सोमबार बिहान निधन भएको राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठान गण्डकीका अध्यक्ष सुरेन्द्र गुरुङले जानकारी दिए ।

Advertisement

उच्च रक्तचापका कारण ३ दिन पहिला मनिपाल शिक्षण अस्पताल भर्ना भएका गायकको सघन उपचार कक्षमा निधन भएको हो । धनबहादुर राष्ट्रिय लोकबाजार सारंगी संरक्षण पाठशाला प्रतिष्ठानका अध्यक्ष पनि हुन् ।

२०२१ साल वैशाख ६ गते पोखराको बाटुलेचौरमा आमा चदर गायक र बाबु बखतबहादुर गायकका पुत्रका रुपमा धनबहादुर गन्धर्वको जन्म भएको थियो । पोखरा महानगरपालिकाले गठन गर्न लागेको प्रज्ञा प्रतिष्ठानमा गन्धर्व सिफारिस भएका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया