पिएनमा चरा गणना, भेटिए ३० प्रजाति

समाधान संवाददाता २०७७ माघ १८ गते २१:४८

समाधाान संवाददाता, पोखरा

पोखराको पृथ्वीनारायण क्याम्पसमा चरा गणना भएको छ । पृथ्वी नारायण क्यामपसमा बिएससी पढ्ने विद्यार्थीले चरागणना गरेका हुन् । चरागणनाका लागि शिक्षक र विज्ञहरुले चरा गणनाबारे विद्यार्थीलाई प्रस्ट्याएका थिए ।

किताबी ज्ञानलाई व्यवहारमा उतार्न कार्यक्रम आयोजना गरिएको कार्यक्रम संयोजक सुदर्शन पराजुलीले बताए । गणनामा पृथ्वीनारायण क्याम्पस परिसरमा ३० प्रजातिका चराहरु भेटिएका छन् । उनले भने, ‘सबैभन्दा धेरै कालो चिल देखिए । धोबीनी चरा, ढोडे गोकुल, कालो चिबे, डाङ्ग्रे, टेलर बर्ड, राजगिद्ध लगायत चराहरु देखिए ।’ राजगिद्ध संकटापन्न प्रजाति रहेको उनले जनाए ।

Advertisement

विद्यार्थीलाई चरागणनामा टाइगर माउन्टेन पोखरा लजका हरी परियार, हरी भण्डारी, साजन रानाभाट, नारायण परियार, शिक्षकहरु सोमनाथ शर्मा, ऋषि बराल, ओमप्रकाश सिङ, राजेन्द्र बस्यौलाले करिब २५ जना विद्यार्थीलाई सहजीकरण गरेका थिए ।

उनीहरुले चरा संरक्षण आवश्यक रहेको भन्दै चरा गणनाले विद्यार्थीको पढाइ सघाउने बताए ।

Advertisement

तपाईको प्रतिक्रिया