क्यान्भासमा विद्यार्थीका सिर्जना

समाधान संवाददाता २०७७ माघ २१ गते १०:५०

समाधान संवाददाता, पोखरा

कलाकर्मी जीवन र जगतका नयाँ पक्ष खोज्छन्, सिर्जनामा उतार्छन् । नवप्रवेशी हुन् कि स्थापित कलाकार, उनीहरु सकेसम्म आफ्नै फरक बाटो बनाउँछन् ।

मंगलबार अन्नपूर्ण गाउँपालिकाका विद्यार्थीले बनाएका चित्रको सामूहिक प्रदर्शनी सुरुआत पनि यस्तै तवरले गरियो ।

Advertisement

छोराछोरीले बनाएका चित्रअभिभावकले अवलोकन गरीपोखरामा सामूहिक कला प्रदर्शनी थालिएको हो ।कोरोनाको विश्वव्यापी महामारीले आक्रान्त समयमा ‘विश्वका लागि प्रार्थना’ गरौं भन्ने सन्देश दिन विद्यार्थीले एक्रिलिक, क्रेपर्स र पानी रङका माध्यमबाट अभिव्यक्ति दिएका छन् ।

अन्नपूर्ण गाउँपालिकाका भूमे आधारभूत विद्यालय, वीरेठाँटी माध्यमिक विद्यालय, भगवती माध्यमिक विद्यालय र पोखराको जनप्रिय माध्यमिक विद्यालयमा अध्ययनरत १८ विद्यार्थीका ३६ चित्रकला प्रदर्शनीमा छन् ।

Advertisement

कक्षा ७ देखि १२ सम्मका आइतसुवा विक, अलिशा तामाङ, अनमोल पुन, अन्तिम रत्न, विनी राई, विशाल चपाई, मनिका तामाङ, नवीन परियार, प्रदीप आचार्य, रोशनी परियार, शोभा परियार, सविता परियार, सुमिना आले, सागर विक, सुमिता परियार, सलिना परियार, सपना पुन र उषा सुवेदीले पुनहिलदेखि लुम्बिनीसम्म पुगेर कला बनाएका थिए ।

पोखरा खहरेको जिरो ग्यालरी क्याफे, कोरियन नेपाली रेस्टुरेन्टमा शनिबारसम्म प्रदर्शनी चल्नेछ । आयोजक राधा जुङ र विकास घले गुरुङले विद्यार्थीका सन्देशमूलक चित्रकला प्रदर्शनी गर्दा अरूलाई पनि प्रेरणा मिल्ने बताए ।

अन्नपूर्ण ड्रोइङ ड्रिम टिमका ७४ वर्षे कला शिक्षक कु ह्युन किमले कोरोनाकालीन समयमा विद्यार्थीले बनाएका चित्र पोखरामा प्रदर्शन गर्न पाउँदासपना साकार भएको सुनाए ।

सहज अवस्था भएपछि कोरियामा प्रदर्शन गर्ने योजना रहेको किमले जानकारी दिए । भिजिट भिसामा नेपाल आउँदै नेपाली कलाको प्रवद्र्धनका निम्ति लागिपरेका उनी कोरियाका प्रसिद्ध लेखक र कलाकार हुन् ।

किमले यसअघि सन् २०१७ मा सिओलको लमेर आर्ट ग्यालरीमा १२ विद्यार्थीका १ सय २० कला १० दिनसम्म प्रदर्शन गरेका थिए । विद्याथीलाई कोरियामा लगेर उनले नेपाली सांस्कृतिक कार्यक्रम पनि गरेका थिए । उनले अभिभावकलाई माउ बाख्रा, जाडोमा विद्यार्थीलाई न्यानो कपडा, विद्यालय पोशाख र शैक्षिक सामग्री वितरणमा वर्षेनी सघाउँदै आएका छन् ।

भूमे आधारभूत विद्यालयका प्रधानाध्यापक तेज शर्माले भने किमको कदम सह्रानीय भएको बताए । सुदामेमा उनले अन्नपूर्ण आर्ट ग्यालरी स्थापना गरेका छन् । गाउँका विपन्न विद्यार्थीलाई चित्रकलाको प्रशिक्षण दिएरप्रतिभा पुष्फुटन गराएका छन् ।

परिचय डट कमका सञ्चालक सोबित बस्यालले कोरोनाकालीन नवसमान्य अवस्थामा पोखराको पर्यटन र पेन्टिङको प्रमोसन गर्न कला प्रदर्शनीलाई प्रवद्र्धन गरेको बताए ।

तपाईको प्रतिक्रिया