अशक्तलाई घरमै भत्ता

समाधान संवाददाता २०७७ माघ २५ गते ८:४३

समाधान संवाददाता, स्याङ्जा

घन्टौं लाइन बसेर वृद्ध भत्ता लिने गरेकी हरिनास गाउँपालिका ५ की ९६ वर्षीया वृद्धा लीला पाध्याले घरमै वृद्धभत्ता पाएकी छन् । वृद्धभत्ता लिन कुमारी बैंकमा लाइनमा दिनभर कुर्नुपर्ने बाध्यता वडाको पहलमा हटेको हो ।

वडा कार्यालयले वृद्ध र असक्तलाई घरमै पुगेर भत्ता दिन थालेको छ । हरिनास ५ का पाध्याजस्ता अन्य वृद्धवृद्धाले घरमै भत्ता पाएका छन् । १ घन्टा हिँडेर बैंकमा पुगेर दिनभर लाइनमा बस्दा वृद्धभत्ता नपाएको गुनासो बढेपछि घरमै ल्याएर भत्ता दिइएको वडाध्यक्ष दण्डबहादुर रानाले बताए ।

Advertisement

पहिला वडा सचिव घरमै गएर भत्ता दिने गरे पनि बैंकमार्फत भत्ता दिन थालेपछि समस्या आएको थियो । बैंकमा पुगेर भत्ता लिन नसक्ने असक्त वृद्धका लागि वडाबाट कागजात मिलाएर घरमै भत्ता दिने गरिएको रानाले बताए ।

Advertisement

तपाईको प्रतिक्रिया