पत्रकार आलेलाई शोक

समाधान संवाददाता २०७७ माघ २९ गते १९:३१

समाधान संवाददाता, पोखरा

नेपाल पत्रकार महासंघ कास्कीकी सदस्य तथा प्रेस संगठन कास्कीका कार्यसमिति सदस्य उमा आले मगरलाई मातृशोक परेको छ ।

उमाकी आमा शोभा आलेमगरको ५० वर्षको उमेरमा उपचारका क्रममा पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा बुधबार राति निधन भएको हो ।

Advertisement

शोभा जन्डिसबाट पीडित थिइन् । पोखरा महानगरपालिका वडा नम्बर १५ निवासी उनका श्रीमान्, २ छोरी र १ छोरा हन् ।

प्रेस संगठन कास्कीले शोक विज्ञप्ति निकालेर कार्यसमिति सदस्य उमा आलेकी आमाको निधनप्रति दुःख व्यक्त गरेको छ ।

Advertisement

प्रेस संगठन कास्कीका संयोजक माधव बरालले जारी गरेको शोक विज्ञप्तिमा उनको आत्माको चिर शान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरिएको छ ।

विज्ञप्तिमा यस दुखत् घडीमा उमा आलेमगरसहित शोक सन्तप्त परिवार जनामा हार्दिक समवेदना प्रकट गरिएको छ । प्रेस संगठन कास्कीका सहसंयोजक सन्देश श्रेष्ठले विज्ञप्ति जारी गर्दै स्वर्गीय आलेप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

श्रेष्ठद्वारा शोक विज्ञप्तिमा दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै उमा आलेमगरसहित शोक सन्तप्त परिवारजनमासमवेदना व्यक्त गरिएको छ ।

सञ्चारिका समूह गण्डकी प्रदेश अध्यक्ष स्मीता अधिकारीले पनि शोक वक्तव्य जारी गरी समहूकी कोषाध्यक्ष उमा आलेमगरप्रति समवेदन र उनकी आमाप्रति श्रद्धाञ्जली प्रकट गरेकी छन् ।

तपाईको प्रतिक्रिया