कास्कीका महिला सेमिफाइनलमा, पुरुष बाहिरिए

समाधान संवाददाता २०७७ फागुन ६ गते १९:५७

समाधान संवाददाता, पोखरा

प्रथम मुख्यमन्त्री कप गण्डकी प्रदेश स्तरीय भलिबल प्रतियोगिताबाट कास्कीको पुरुष टोली बाहिरिएको छ । महिला टोली भने सेमिफाइनल प्रवेश गरेको छ ।

पोखरा रंगशालाको भलिबल मैदानमा जारी प्रतियोगितामा बिहीबार कास्कीको पुरुष टोली म्याग्दीसँग पराजित भएको थियो ।

Advertisement

म्याग्दीले कास्कीलाई २५–१९ र २५–१२ को हार चखायो । पहिलो खेलमा कास्की स्याङ्जासँग पराजित भएको थियो ।

स्याङ्जासँगको खेल कास्कीले २५–१९ र २५–१८ को सेटमा खेल गुमाएको थियो । लगातार २ खेल गुमाएको कास्की क्वाटरफाइनलबाट बाहिरिएको हो ।

Advertisement

महिला टोलीले भने बिहीबार भएको खेलमा बागलुङमाथि पुनरागमन जित दर्ता गर्दै सेमिफाइनलमा आफ्नो स्थान पक्का ग¥यो ।

पहिलो सेट २५–१९ ले गुमाएको कास्कीले दोस्रो सेट २५–२३ ले जित्दै खेललाई अन्तिम तथा निर्णायक सेटमा धकेल्यो । अन्तिम सेटमा बागलुङलाई कास्कीले २५–१८ ले हराउन सक्यो ।

यसअघि समूह चरणको खेलमा कास्कीले मुस्ताङलाई २–० को सोझो सेटमा पराजित गरेको थियो । कास्कीले मुस्ताङलाई २५–११ र २५–१७ को सेटमा हराउँदै क्वाटरफाइनलमा आफ्नो स्थान पक्का गरेको थियो ।

कास्कीको महिला टोलीले सेमिफाइनलमा पर्वतसँग भिड्नेछ । पर्वतले बिहीबारको खेलमा नवलपुरमाथि २५–८ र २५–९ को सम्झनालायक जित निकालेको थियो ।

महिलातर्फको प्रतिस्पर्धामा शुक्रबार सेमिफाइनलको खेलमा म्याग्दी र तनहुँ खेल्नेछन् ।

बिहीबारको पहिलो क्वाटरफाइनलमा म्याग्दीले स्याङ्जामाथि २५–५ र २८–२६ को सेटमा जित निकाल्यो । तनहुँले क्वाटरफाइनलमा मुस्ताङलाई २५–६ र २५–९ ले हरायो ।

शुक्रबार सेमिफाइनलमा खेल्ने यी २ टोलीमा राष्ट्रिय महिला भलिबल टोलीका सदस्यको सहभागिता रहनेछ ।

म्याग्दीका लागि राष्ट्रिय टोलीकी कप्तान अरुणा शाही र कमला पुन खेल्दा तनहुँका लागि उषा भण्डारी खेल्नेछिन् । अरुणा, कमला र उषाले क्वाटरफाइनलका खेलमा ‘रेस्ट’ लिएका थिए ।

पुरुषतर्फको सेमिफाइनलमा स्याङ्जा, पर्वत, म्याग्दी र तनहुँ पुगेका छन् । पहिलो क्वाटरफाइनलमा स्याङ्जाले बागलुङमाथि २५–२० र २७–२५ को सेटमा जित दर्ता ग¥यो । पर्वतले भने गोरखाबाट ‘वाकओभर’ पाएको हो ।

सुरुमा प्रतियोगितामा आउने भनेको गोरखाले प्रतियोगिताबाट नाम झिकेपछि पर्वतले मौका पाएको थियो ।

अन्तिम क्वाटरफाइनलमा तनहुँले नवलपुरलाई २५–१८ र २५–२० को सेटमा पराजित गर्यो । अब सेमिफाइनलमा स्याङ्जा र पर्वत तथा म्याग्दी र तनहुँ भिड्ने छन् ।

८ गतेसम्म चल्ने प्रतियोगितामा ९ टोलीको सहभागिता छ । गोरखा र मनाङले प्रतियोगितामा विविध कारण देखाउँदै नाम झिकाएका थिए ।

प्रतियोगिताको विजेता महिला र पुरुष टोलीले समान २–२ लाख नगद पुरस्कार पाउनेछन् । दोस्रो हुने टोलीले नगद १÷१ लाख रुपैयाँ प्राप्त गर्नेछन् । तेस्रो हुने टोलीले ५० हजार रुपैयाँमा चित्त बुझाउनेछन् ।

विधागत उत्कृष्ट हुने खेलाडीहरुले जनही ५÷५ हजार रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया