कोभ्याक्स सुविधामार्फत खोप ल्याउने तयारी

समाधान संवाददाता २०७७ फागुन ८ गते १८:३८

काठमाडौं

सरकारले यही फागुन महिनाभित्र कोभ्याक्स सुविधामार्फत कोभिड–१९ विरुद्धको ‘कोभिसिल्ड’ खोप ल्याउन अन्तिम तयारी गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २० प्रतिशत जनसंख्यामा पुग्ने गरी कोभ्याक्स सुविधामार्फत खोप ल्याउन लागेको हो ।

Advertisement

स्वास्थ्य सेवा विभाग, बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा। झलक शर्मा गौतमले आफूहरुले सबै प्रक्रिया पूरा गरिसकेकाले फागुन अन्तिमसम्म कोभिसिल्ड खोप ल्याउन थालेको जानकारी दिए ।

उनका अनुसार २० प्रतिशतलाई दिइने भनेको खोप कोभ्याक्सले एकैपटक नभई पटक–पटक पठाउने छ ।

Advertisement

विश्व स्वास्थ्य संगठन, ग्लोबल भ्याक्सिन अलाइन्स ९गाभी०लगायत संस्थाले निम्न आय मुलुक भएका देशलाई निःशुल्क खोप उपलब्ध गराउने भएको छ ।

तपाईको प्रतिक्रिया