गण्डकीका ५ सिडिओकाे सरुवा

समाधान संवाददाता २०७७ फागुन १४ गते १७:०९

समाधान संवाददाता, पोखरा

गण्डकी प्रदेशका ५ वटा जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) को सरुवा भएको छ । गृह मन्त्रालयले कास्की, बागलुङ, म्याग्दी, पर्वत र गोरखाका सिडिओको सरुवा गरेको हो ।

कास्कीमा रहेका ज्ञानप्रसाद ढकालको धादिङ, बागलुङका सुरेश न्यौपानेको सिन्धुली, म्याग्दीका उमाकान्त चौधरीको काठमाडौं, गोरखाका तीर्थराज भट्टराईको महोत्तरी, पर्वतका शम्भुप्रसाद रेग्मीको सरुवा भएको हो ।

Advertisement

चौधरीको जिल्ला प्रशासन कार्यालय काठमाडौंको सहायक प्रजिअका रुपमा, ज्ञवालीको गृहमन्त्रालय र बाँकी ३ जना सिडिओ नै भएर जान लागेका हुन् ।

कास्कीको सिडिओमा गृहमन्त्रालयबाट थानेश्वर गौतम आउने भएका छन् । बागलुङको सिडिओमा शिवकुमार कार्कीको पदस्थापना गरिएको छ भने गोरखामा शालिग्राम शर्मा पौडेलको सरुवा भएको छ ।

Advertisement

म्याग्दीको सिडिओमा गणेशबहादुर अधिकारीको पदस्थापना गरिएको मन्त्रालयले जनाएको छ । त्यस्तै पर्वतको सिडिओमा देवी पाण्डे खत्री आउने भएकी छन् । खत्री हाल जिल्ला प्रशासन कार्यालय गोखराको सहायक सिडिओ हुन् ।

तपाईको प्रतिक्रिया