टि ट्वान्टी क्रिकेटमा पोखरा र चितवनको जित

समाधान संवाददाता २०७७ फागुन १९ गते १२:२६

समाधान संवाददाता, पोखरा

चितवन क्रिकेट क्लब र सुपर जनरल पोखराले पोखरा रंगशालामा जारी क्रिकेट प्रतियोगिता अन्तर्गत मंगलबारका खेलमा जित हासिल गरेका छन् । चितवनले काठमाडौंको बालुवाटारलाई तथा आयोजक पोखराले स्याङ्जा क्रिकेट क्लबमाथि जित निकालेको हो ।

केएन स्पोर्टस प्रालिको आयोजना तथा सुपर जनरल कम्पनीको मुख्य प्रायोजनमा जारी प्रतियोगितामा मंगलबारको पहिलो खेलमा चितवन ४ विकेटले विजयी भएको हो । पहिला ब्याटिङ गरेको बालुवाटारले २० ओभर खेल्दै ८ विकेटको क्षतिमा १ सय २६ रन बनाएको थियो जसमा कप्तान सुमन उदयले २९ रनको पारी खेले । चिवतनका दीपेश श्रेष्ठले ३ विकेट लिए ।

Advertisement

जितका लागि १ सय २७ रनको लक्ष्य पाएको चितवनले १४.४ ओभरमा ७ विकेट गुमाएर लक्ष्य पार ग¥यो । चितनको जितमा विन्ध्यवरी भाँडा उद्योग म्यान अफ द म्याच हुन सफल प्रतीक शर्माले ५३ रनको महत्वपूर्ण योगदान दिए । ३३ बलको सामना गरेका उनले २ छक्का र ४ चौका प्रहार गरे । अर्का ब्याट्स्म्यान विक्रमकुमार गुप्ताले २४ रन जोडका थिए ।

अर्को खेलमा पोखराले स्याङ्जामाथि २९ रनको जित निकालेको हो । पहिला ब्याटिङ गर्दै पोखराले १९.३ ओभरमा सम्पूर्ण विकेट गुमाएर १ सय १४ रन बनाएको थियो । पोखराका लागि अनुभवी खेलाडी दिपेश खत्रीले सर्वाधिक १९ रन जोड्दा अनिल गुरुङले १७ रनको इनिङ खेले ।

Advertisement

जवाफी ब्याटिङमा आएको स्याङ्जा १६.३ ओभरमा ८५ रनमै समेटिएको थियो । स्याङ्जालाई सस्तैमा समेट्ने क्रममा विन्ध्यश्वरी भाँडा उद्योग म्यान अफ द म्याच दिपेश खत्रीले २, लालबहादुर अधिकारीले २ तथा गोविन्द प्रधान, सुवास भण्डारी र अमृत गुरुङले समान १ विकेट लिए । स्याङ्जाका मिलन क्षेत्रीले १४ रन जोडेका थिए ।

तपाईको प्रतिक्रिया