एसईई परीक्षा जेठ १३ देखि, कक्षा १२ को कहिले ?

समाधान संवाददाता २०७७ फागुन २५ गते १३:०६

काठमाडौं ।

माध्यमिक शिक्षा परीक्षा ‘एसईई’ आगामी जेठ १३ गतेदेखि संचालन हुने भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डको बैठकले २०७७ सालको एसईई जेठ १३ गतेदेखि २४ गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको हो । एसईई राष्ट्रिय परीक्षा बोर्डले नै लिने छ ।

Advertisement

त्यस्तै कक्षा १२ को परीक्षा जेठ २६ देखि सुरु हुनेछ । यसअघि बोर्डले नै सञ्चालन गर्दै आएको कक्षा ११ को परीक्षा भने यसपालि सम्बन्धित स्कुलले नै लिने गरी जिम्मा लगाइएको छ ।

गत २६ माघमा बसेको मन्त्रिपरिषद् बैठकले एसईई परीक्षा पुनः बोर्डले नै लिने निर्णय गरेको थियो ।

Advertisement

तपाईको प्रतिक्रिया