सयपत्री सहकारीको प्रशिक्षण

समाधान संवाददाता २०७७ चैत २ गते ९:५४

समाधान संवाददाता, पोखरा

पोखरा महानगरपालिका वडा नं ११ स्थित सयपत्रीे बचत तथा ऋण सहकारी संस्थाकोसहकारी अन्तक्र्रिया एवं प्रशिक्षण आइतबार सम्पन्न भयो ।प्रशिक्षण २ दिन चलेको थियो ।

पर्यटकीय क्षेत्र घोरेपानीमा आयोजित उक्त प्रशिक्षण कार्यक्रममा गण्डकी प्रदेश सहकारी कार्यालयका प्रशिक्षक सागर खनालले प्रशिक्षण दिएका थिए ।

Advertisement

अधिकृत खनालले सहकारीले आफ्नो सिद्धान्त अनुरुप सदस्यहरुलाई क्रियाशील बनाउनुपर्ने आवश्यकता औल्याए । बचत तथा ऋण सहकारीहरुले आफै लगानी गर्र्ने नभई उत्पादनका क्षेत्रमा लाग्ने सदस्यहरुलाई लगानी गर्नुपर्ने बताए ।

संस्थाका अध्यक्ष रवीन्द्रनाथ बाँस्तालाको अध्यक्षतामा भएको प्रशिक्षण कार्यक्रममा सल्लाहकारहरु माधवप्रसाद बाँस्तोला, निर्मलप्रसाद कर्माचार्य, विश्वमोहन अधिकारी, रोहितराज बाँस्तोला र पदम जिसीले पनि धारणा राखेका थिए ।

Advertisement

कार्यक्रममा कोषाध्यक्ष धर्मप्रसाद बाँस्तोलाले आर्थिक विवरण, प्रबन्धक विकास सुवेदीले प्रगति विवरण र सहसचिव वसन्त कोइरालाले प्रशिक्षण तथा सहकारी भ्रमण कार्यक्रमबारे जानकारी गराएका थिए । कार्यक्रमको सञ्चालन सचिव कृष्णप्रसाद आचार्यले गरेका थिए । धन्यवाद ज्ञापन उपाध्यक्ष भीमप्रसाद न्यौपानेले गरेका थिए ।

२०६६ सालमा स्थापना भएको सयपत्री बचत तथा ऋण सहकारीले सदस्यहरु बाट वचत संकलन गरी उत्पादन, कृषि, व्यापार, घरजग्गा एवं हायरपर्चेजको क्षेत्रमा लगानी गर्दै आएको छ ।

पछिल्लो समय उत्पानको क्षेत्रमा लगानी केन्द्रित गरेको संस्थाले कृषिलाई प्राथमिकतामा राखेको छ ।

१२ करोड २८ लाख सेयर पुँजी रहेको संस्थाले १ अरव ३७ करोड निक्षेप संकलन र १ अर्ब २४ करोड ऋण प्रवाह गरको र संस्थाकोदायित्व १ अर्ब ६९ करोड पुगेको संस्थाका प्रबन्धक विकास सुवेदीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया