घरबाटै गाडी गायब !

समाधान संवाददाता २०७७ चैत ६ गते १३:५३

समाधान संवाददाता, पोखरा

पोखरा महानगरपालिका ७ मासबारको एक घरबाट गाडी नै चोरी भएको छ । पर्वत घर भएर मासबार बस्दै आएका शालिकराम पन्तको बा ५ च १६८४ नम्बरको मारुती गाडी गएराति चोरी भएको हो ।

पन्तका अनुसार गाडी ९ बजे पार्किङ गरेर पन्त घरभित्र गएका थिए । ‘बिहान उठ्दा त गाडी नै थिएन, लक पनि गरेको थिएँ, चाबी मसँगै छ,’ पन्तले भने ।

Advertisement

पन्तले प्रहरीकहाँ खबर गरिसकेका छन् । पन्त मासबारमा किराना पसल सञ्चालक हुन् ।

Advertisement

तपाईको प्रतिक्रिया