मर्स्याङ्दीमा ट्रक खस्यो, एकै परिवारका तीनको मृत्यु

समाधान संवाददाता २०७७ चैत ७ गते २०:४१


बेसिसहर, ७ चैत


मनाङको नासो गाउँपालिका–३ खोत्रोमा सिमेन्ट लोड गरेर लम्जुङबाट चामे जाँदै गरेको ध१ख ५९२ नम्बरको ट्रक शनिबार दिउँसो ३ बजेतिर मर्स्याङ्दी नदीमा खसेको छ । यो दुर्घटनामा एकै परिवारका ३ जनाले ज्यान गुमाएका छन् ।


नासों गाउँपालिका ४ ओढारकी ३५ वर्षीया मनीषा गुरुङ, उनकी बहिनी २६ वर्षीया जलकाशी गुरुङ र मनीषाका छोरा अन्दाजी ६/७ वर्षीय लिउन गुरुङको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । मनाङका प्रहरी नायब उपरीक्षक सुवास खड्काका अनुसार सिमेन्ट बोकेर ल्याएको ट्रक उकालो चढ्न लाग्दा अनियन्त्रित भई सडकबाट मस्र्याङ्दी नदीमा खसेको थियो ।
ट्रक सडकबाट करिब ४० मिटर तल मस्र्याङ्दी नदीमा खसेको उनले सुनाएको लमजुङको रेडियो चौतारीले आफ्नो अनलाइनमा उल्लेख गरेको छ ।

Advertisement

ट्रकका चालक, सहचालकसहित अन्य ५ जना घाइते भएका छन् । चालक तथा सवारी धनी सुमन तामाङ, सहचाहक लक्ष्मण नेपाल, नासों गाउँपालिका ४ का अन्दाजी ६/७ वर्षीय थिउन गुरुङ, सोही वडाका अन्दाजी ६/७ वर्षीय निहल गुरुङ र चामे गाउँपालिका ४ ओढारकै २५ वर्षीय धनमान विश्वकर्मा छन् ।


प्रहरीका अनुसार घटनास्थलमै मृत्यु भएका ३ जनालाई जिल्ला अस्पताल मनाङमा पोस्टमार्टमका लागि लगिएको छ । घाइते ५ जनालाई जिल्ला अस्पताल लमजुङ ल्याइएको छ । उनीहरु सिकिस्त छन् । मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले घाइतेको नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, स्थानीयले उद्धार गरेको बताए ।

Advertisement

तपाईको प्रतिक्रिया