सँगै रक्सी खाए, झगडा परेपछि दाउले हाने

समाधान संवाददाता २०७७ चैत ३१ गते २१:३०

समाधान संवाददाता, पोखरा

पोखरामा ज्यान मार्ने उद्योगमा १ युवक पक्राउ परेका छन् । पोखरा ५ पस्र्याङका २१ वर्षीय रोशन शेर्पालाई कास्की प्रहरीले पक्राउ गरेको हो ।

आफ्नै साथी स्याङ्जा अर्जुनचौपारी गाउँपालिका २ का चुत्रबहादुर गुरुङको ज्यान मार्ने प्रयास गरेका शेर्पालाई पक्राउ गरिएको कास्की प्रहरी प्रवक्ता सुवास हमालले जानकारी दिए ।

Advertisement

सोमबार राति साढे ८ बजे शेर्पा र गुरुङबीच विवाद भएको थियो । विवाद भएपछि शेर्पाले गुरुङमाथि दाउ प्रहार गरेका थिए ।

बेलुकासँगै रक्सी खाएर हिँडिरहेका उनीहरुबीच विवाद बढेको प्रहरीले बताएको छ । बाटोमा भनाभन बढेपछि शेर्पाले गुरुङलाई अँध्यारो ठाउँ भेटेपछि दाउ प्रहार गरेका थिए ।

Advertisement

‘झगडा बढेपछि आफ्नै कोठामा गएर दाउ ल्याएर टाउकोमा प्रहार गरेको बुझिएको छ,’ हमालले भने । गुरुङको अहिले पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ ।

तपाईको प्रतिक्रिया