पोविवि राजिस्ट्रारमा भण्डारी

समाधान संवाददाता २०७८ वैशाख ६ गते १२:५२

रामशरण नेपाली, लेखनाथ

पोखरा विश्वविद्यालयको रजिस्ट्रारमा सहप्राध्यापक डा. दीपकबहादुर भण्डारी नियुक्त भएका छन् ।

हालसम्म रिक्त रहेको पदमा विश्वविद्यालयका उपकुलपति प्राडा प्रेमनारायण अर्यालयको सिफारिसमा कुलपति प्रधानमन्त्री केपी शर्मा ओलीले ४ वर्षका लागि भण्डारीलाई रजिस्ट्रारमा नियुक्त गरेका हुन् ।

Advertisement

यसअघि समेत करिब ९ महिना रजिस्ट्रार बनिसकेका भण्डारीले १२ वर्षदेखि पोखरा विश्वविद्यालयमा प्राध्यापनगर्दै आएका थिए ।लमजुङको बेसीसहर, चिती स्थायी घर भएका भण्डारीले बेलायतबाट विद्यावारिधि गरेका हुन् ।

करिब ५ महिनादेखि काम चलाउ रुपमा रजिस्ट्रार हुँदा बजेट लगायत काम कारबाही गर्न गाह्रो भएको र अब सहज हुने उपकुलपति अर्यालले जानकारी दिए ।

Advertisement

रजिस्ट्रार नियुक्ति भएसँगै अन्य रिक्त पदहरुमा समेत छिटो नियुक्त गर्नुपर्नेमा प्राध्यापक कर्मचारी तथा विद्यार्थीहरुले जोड दिएका छन् ।

तपाईको प्रतिक्रिया