जेसिआई पोखरा लेडीको शुभकामना

समाधान संवाददाता २०७८ वैशाख ८ गते १७:३६

समाधान संवाददाता, पोखरा

जेसिआई पोखरा लेडीले सोमबार नयाँवर्ष २०७८ सालको शुभकामना आदानप्रदान, भित्तेपात्रो विमोचन तथा पत्रकार महासंघ कास्कीका नवनिर्वाचित अध्यक्ष विमला भण्डारीलाई एक कार्यक्रमको अवसरमा सम्मान गरेको छ ।

पत्रकार भण्डारीले भित्तेपात्रो विमोचन गरी कार्यक्रम उद्घाटन गरेकी थिइन् ।

Advertisement

विकास र परिवर्तनका लागि सक्षम नेतृत्व भन्ने मूल नाराका साथ स्थापित भएको जेसीआई पोखरा लेडीले नवनिर्वाचित अध्यक्ष विमला भण्डारीलाई दोसल्ला, टिका र सम्मान पत्रले सम्मान गरेको थियो ।

कार्यक्रममा बोल्दै अध्यक्ष भण्डारीले अवसरका आधारमा मात्र नभई उसको क्षमता र कार्यदक्षताको आधारमा अग्रपंक्तिमा रहेर काम गर्न सक्ने बताइन् ।

Advertisement

जेसिआई पोखरा लेडी वर्ष २०२१ का अध्यक्ष कमला शर्मा (विनिता)ले संस्थालाई विभिन्न तह र तप्काबाट सहयोग प्रति आभार व्यक्त गर्दै आफ्नो कार्यकालमा विभिन्न अवार्डबाट सम्मानित हुन पाउँदा खुसी व्यक्त गरेकी थिइन् ।

अध्यक्ष शर्माले महिलाले के गर्न सक्छन् भनी रहँदा पत्रकार महासंघ कास्कीमा ऐतिहासिक जित हासिल गर्दा महिलाहरुको हौसला बढेको उक्त कार्यक्रममा जोडेकी थिइन् ।

मातृशाखा पोखरा जेसिज वर्ष २०२१ का अध्यक्ष जेसी किरण केसी, पोखरा लेडी जेसिज अध्यक्ष एवम् जेसिआई पोखरा २०२० का अध्यक्ष सुचित्रा थापा, पोखरा लेडी वर्ष २००८ का अध्यक्ष कल्पना पालिखे, पोखरा लेडी जेसिजका कर्पोरेट पार्टनर एवम् नेपाल मदिरा व्यवसायी महासंघका केन्द्रीय महासचिव तथा लायन्स क्लब अफ पिस प्याराडाइज वर्ष २०२१–२२ का अध्यक्ष तारानाथ ढुंगाना लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

जेसिआई पोखरा लेडीका उपाध्यक्ष तथा भित्तेपात्रो प्रकाशन समिति संयोजक रिना पौडेलले स्वागत मन्तव्य राखेकी थिइन् भने महासचिव सुनीता कोइरालाले सञ्चालन गरेको उक्त कार्यक्रम अध्यक्ष कमला शर्मा (विनिता)को अध्यक्षतामा सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया