युनियन महाधिवेशन तोकिएकै मितिमाः सिग्देल

समाधान संवाददाता २०७८ वैशाख ९ गते १८:१७

समाधान संवाददाता, पोखरा

नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देलले तोकिएकै मितिमा युनियनको अधिवेशन गर्ने दाबी गरेका छन् ।

प्रेस युनियन कास्कीले पोखरामा बिहीबार आयोजना गरेको समीक्षा कार्यक्रममा बोल्दै उनले पटकपटक स्थगित भएको अधिवेशन जेठ १३ र १४ हुनेमा आफू आतुर रहेको बताए ।

Advertisement

अधिवेशनको मिति तोकिए पनि स्थान नतोकिएको कारण केहीन दिनमा बस्ने केन्द्रीय कमिटी बैठकले निर्णय गर्ने जानकारी दिए । आफू अधिवेशन सार्ने पक्षमा नभए पनि कोरोना संक्रमण बाधक भए सोको नियन्त्रणसम्म कुर्नुपर्ने उनले बताए ।

उनले हालै सम्पन नेपाल पत्रकार महासंघको जिल्ला, प्रदेश र केन्द्रको निर्वाचनमा ९९ प्रतिशत परिणाम युनियन गठबन्धनमा आएको दाबी समेत गरे ।

Advertisement

उनले महासंघको नेतृत्वमा पुगेका साथीहरुले प्रेस स्वतन्त्रता र श्रमजीवी पत्रकारका पक्षमा काम गर्नेुपर्ने बताए ।

उनले प्रेस स्वतन्त्रताका पक्षमा कसैसँग सम्झौता नगर्न निर्वाचित पदाधिकारीलाई सुझाव दिँदै युनियनले सदा प्रेस स्वतन्त्रता र श्रमजीवीको हकहितमा खबरदारी गरिरहने बताए ।

निर्वाचनका बेला गठबन्धन बनाएर निर्वाचनमा गए पनि अबका ३ वर्ष पत्रकारका हकहितकाबारे काम गर्ननवनिर्वाचित समितिलाई आग्रह गरे ।

प्रेस युनियन कास्की अध्यक्ष नवीन सिग्देलको अध्यक्षतामा भएको कार्यक्रममा केन्द«ीय उपाध्यक्ष रमेश पौडेल, कोषाध्यक्ष सरोज अधिकारी, केन्द्रीय सदस्य जयसिंह केसी, केन्द्रीय सदस्य सरीता तिमिल्सिना पंगेनी, ऋषिकान्त पौडेल, युनियन कास्कीका सल्लाहकार गगांघर पराजुली, शिरोमणि बराल, पत्रकार महासंघ कास्की अध्यक्ष विमला भण्डारी, युनियन कास्की उपाध्यक्ष प्रकाशचन्द्र सापकोटा, उपाध्यक्ष रविना आले, सचिव प्रदीप पौडेल, हरि पन्त, कमल पौडेल अथक, परशुराम शर्मा लगायतले बोलेका थिए ।

तपाईको प्रतिक्रिया