कोरोना जोखिम बढेपछि मुस्ताङमा वार्षिक परीक्षा

समाधान संवाददाता २०७८ वैशाख १२ गते ८:३२

सुन्दरकुमार थकाली, जोमसोम

कोरोनाको दोस्रो लहर बढेसँगै मुस्ताङका ५ स्थानीय तहमा सञ्चालित सामुदायिक विद्यालयले धमाधम वार्षिक परीक्षा तयारी गरेका छन् ।

कोरोना त्रासकै कारण सामुदायिक विद्यालयले जेठमा वार्षिक परीक्षा सञ्चालन गर्ने योजना बनाएका थिए । तर वैशाख महिनाभित्रै वार्षिक परीक्षा र नतिजा लगायतको सम्पूर्ण काम सक्ने गरी अन्तिम तयारी गरेका छन् ।

Advertisement

शिक्षा विकास तथा समन्वय इकाई मुस्ताङका अनुसार थासाङ गाउँपालिकामा वैशाख ९ गतेदेखि चालु शैक्षिक सत्रको वार्षिक परीक्षा सञ्चालन भइरहेको छ ।

थासाङमा तीन माविसहित १२ सामुदायिक विद्यालय छन् । घरपझोङ गाउँपालिकामा वैशाख १० गतेदेखि वार्षिक परीक्षा सुरु हँुदैछ ।

Advertisement

वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा वैशाख १२ गते वार्षिक परीक्षा सुरु हुने भएको छ ।

उपल्लो मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकामा भने १५ गतेबाट वार्षिक परीक्षाको तयारी गरिएको शिक्षा विकास तथा समन्वय इकाई प्रमुख बरालले उल्लेख गरे ।

जिल्लाका ५ स्थानीय तहमा ५१ सामुदायिक विद्यालय छन् । सरकारले दोस्रो लहरको कोरोना संक्रमण बढेको भन्दै देशका मुख्य सहर र संक्रमित जिल्लाका विद्यालयको शैक्षिक पठन÷पाठन तत्काल बन्द गर्न निर्देशन दिएको छ ।

शिक्षा मन्त्रालयले कोरोना जोखिम कम भएका जिल्लाहरुमा विद्यालयको वार्षिक परीक्षा स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर वैशाख मसान्तसम्म सम्पन्न गर्न निर्देशनसमेत गरेको छ ।

यसअघि मुस्ताङका सामुदायिक विद्यालयले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउँदै शैक्षिक पठन÷पाठन सञ्चालन गर्दै आइरहेका थिए । कोरोना कहरकै कारण मुस्ताङका केही विद्यालयले जोर÷बिजोर कक्षा विभाजन गरी पढाइ सञ्चालन गरेका थिए ।

कोरोना कहरकै कारण मुस्ताङका सामुदायिक विद्यालयको नियमित पठन÷पाठन अवरुद्ध हुँदै आइरहेको थियो ।

चालु शैक्षिकमा बर्सेनि उपल्लो मुस्ताङका सामुदायिक विद्यालय घुम्ती कक्षाका रुपमा बेसी झर्ने गरे पनि कोरोना कहरकै कारण दिव्यदीप माविको कक्षा १० का विद्यार्र्थीबाहेक अन्य कक्षालाई घुम्तीका रुपमा बेसी झारिएको थिएन ।

मुस्ताङका ५ वटै स्थानीय तहका शिक्षा प्रमुख,शिक्षक पेशागत संघ संगठनका प्रतिनिधि र माध्यमिक तहका प्रअको संयुक्त बैठकले चालु शैक्षिक सत्रको शैक्षिक पठन÷पाठन जेठ १ गतेदेखि सञ्चालन गर्ने निर्णय गरेको छ ।

तपाईको प्रतिक्रिया