किसान समूहलाई हाते ट्रयाक्टर

समाधान संवाददाता २०७८ वैशाख १२ गते ९:०५

समाधान संवाददाता, पोखरा

पोखरा महानगरपालिका वडा नम्बर २४को कास्कीकोटका तीन किसान समूहलाई हाते ट्रयाक्टर (मिनी टे«लर) प्रदान गरिएको छ ।

संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युनडिपी)तथा पोखरा महानगरपालिका कृषि महाशाखाको संयुक्त आर्थिक साझेदारीमा सञ्चालित जीविकोपार्जन सुधारका लागि कृषि परियोजना अन्तर्गत खड्गाउँ, नेपाली टोल एकता र मौलाकाली किसान समूहलाई ८५ प्रतिशत अनुदानमा ट्र्याक्टर वितरण गरिएको हो ।

Advertisement

साझेदार संस्था असल छिमेकी सहयोग संघ(गोनेसा)का महासचिव रामप्रसाद सुवेदीले अदुवाबाली प्रवद्र्धन कार्यक्रम अन्तर्गत १ लाख ९५ हजार मूल्यको ट्र्याक्टर खरिदमा किसान समूहले लागत मुल्यमा १५ प्रतिशत योगदान गरेको बताए ।

उनले खेतबारी जोत्नटोलटोलमा फोकल पर्सन तोकेर काम गर्न सुझाव दिए । उनले किसान समूहभन्दा बाहिरका किसानलाई सेवा दिँदा शुल्क लिन आग्रह गरे । उनले दक्ष जनशक्तिको व्यवस्थापन गरी ट्र्याक्टरको मर्मत सम्हर गर्न अनुरोध गरे ।

Advertisement

पोखरा महानगरपालिका वडा नम्बर २४काअध्यक्ष ओम सुवेदीले वडा कार्यालयले ट्र्याक्टर मर्मतका लागि २० प्राविधिकलाई तालिम दिन लागेको जानकारी दिए ।

उनले कास्कीकोटलाई अदुवाबाली उत्पादनको पकेटक्षेत्रका रुपमा विकास गरी किसानको आयआर्जन अभिवृद्धिगर्न लागेको बताए ।

‘उच्च मूल्य बाली प्रवद्र्धन अन्तर्गत वडाका १ हजार ८ सय मध्ये ३ सय ५० घरधुरीलाई ८ हजार ३सय केजी अदुवाको बिउ किसानलाई वितरण गरिएको छ,’अध्यक्ष सुवेदीले भने, ‘कृषिको सम्भावना बोकेको क्षेत्र भएकाले परियोजनामार्फत किसान जागरुक भएर काम गरेका छन् ।’

उनले अदुवाको उत्पादन र बजारीकरणको लागि योजनाबद्ध ढंगले काम गरिने बताए । किसान समूहका प्रतिनिधि तारापति सुवेदीले कास्कीकोटका १५ किसान समूहलाई अझै पनि कृषि औजारको अभाव रहेको बताए ।

तपाईको प्रतिक्रिया