पिसिआर परीक्षण बिनै गण्डकीको संसद बैठक

समाधान संवाददाता २०७८ वैशाख १२ गते २१:१४


समाधान संवाददाता

नेपाली कांग्रेसले आइतबार केन्द्रीय सदस्यहरुको पिसिआर परीक्षण गरेर मात्र केन्द्रीय कार्यसमिति बैठक गर्ने निर्णय गरेको छ । सोमबारका लागि बोलाइएको बैठक स्थगित गर्दै नेगेटिभ आउनेहरुलाई मात्र सामेल गर्दै १५ वैशाखमा बैठक बस्ने कांग्रेसको निर्णय छ ।
तर गण्डकी प्रदेश सभाको सोमबारको बैठक भौतिक दूरीबिना नै बस्दैछ ।

नदीपुरस्थित साँघुरो प्रदेश सभाभित्र संसद बैठक बस्नेछ । यही भवनमा प्रदेश सभाका छैटौं अधिवेशनमा सामाजिक दूरी कायम गर्न नसक्ने भन्दै सभागृहमा संसद बैठक राखिएको थियो । तर अहिले भने सामाजिक दूरीको ख्याल नगरी नदीपुरमै बस्न लागेको हो । ‘अब दूरीसूरी छैन, खोप लगाइसकेका छौं, नदीपुरमै बस्छ,’ प्रदेश सभा सचिव हरिराज पोखरलले भने ।

Advertisement


स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशमा निर्देशक विनोदविन्दु शर्मा भने खोप लगाउने ९६ प्रतिशतमा कोरोना नलाग्ने र भौतिक दूरी कायम गरेर बैठक बस्नु उचित हुने बताउँछन् । ‘दोस्रो चरणको खोप लगाउने ९६ प्रतिशतमा देखिँदैन भन्ने रिपोर्ट छ,’ उनले भने, ‘पहिला एकपटक दूरी कायम गर्न सभागृहमा गरेका थाहा थियो, अहिले कसरी बस्नुहुन्छ मलाई थाहा छैन ।’

तर खोपको २ डोज पूरा गरेकालाई पनि कोरोना संक्रमण भएको उदाहरण पोखरामै फेला परेको छ ।

Advertisement

तपाईको प्रतिक्रिया