गण्डकीमा एकैदिन ४ संक्रमितको मृत्यु, १०१ जना थपिए

समाधान संवाददाता २०७८ वैशाख १३ गते २२:०६

समाधान संवाददाता, पोखरा

गण्डकी प्रदेशमा एकैदिन ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । कास्कीका २, स्याङ्जा र म्याग्दीका १/१ संक्रमितको सोमबार मत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

कास्की पोखरा महानगरपालिका–२५ का ९१ वर्षीय पुरुष, पोखरा महानगरपालिका–१ की ५५ वर्षीया महिलाको सोमबार उपचारका क्रममा पोखराकै मेडिप्लस अस्पतालमा मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिए ।

Advertisement

स्याङ्जाको वालिङ नगरपालिका–१२ का ५८ वर्षीय पुरुषको लुम्बिनी मेडिकल कलेज पाल्पा र म्याग्दीको रघुगंगा गाउँपालिका–३ का ७८ वर्षीय पुरुषको मणिपाल शिक्षण अस्पताल पोखरामा उपचारका क्रममा मृत्यु भएको डा. शर्माले जानकारी दिए । योसहित गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या २१५ पुगेको छ ।

प्रदेशमा सोमबार १०१ जनामा कोरोना पुष्टि भएको छ । कास्कीका ६९, नवलपुरका १२, पर्वत, तनहुँ र म्याग्दीका ५/५, स्याङ्जाका ३ र लमजुङका २ जनामा कोरोना पोजेटिभ देखिएको हो ।

Advertisement

योसहित गण्डकी प्रदेशमा कोरोनो संक्रमितको संख्या १७ हजार ८ सय ३८ पुगेको छ । तीमध्ये १६ हजार ६८६ जना निको भएका छन् । ९३७ जना सक्रिय संक्रमित रहेकोमा ८८३ जना घरमै रहेको निर्देशनालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया