पोखरा ६ मा विवेकशील साझा

समाधान संवाददाता, पोखरा
विवेकशील साझा पार्टीले पोखरा महानगरपालिका वडा नं. ६ मा वडा समिति घोषणा गरेको छ ।
आइतबार लेकसाइडमा आयोजित भेलाले वडा समिति संयोजकमा चन्द्रप्रसाद पौडेललाई चयन गरेको छ ।
ट्रेकिङइक्युपमेन्ट सप एसोसिएन अर्थात् टेसा पोखराका पूर्व अध्यक्ष पौडेल बैदाम क्षेत्रका पुराना पर्यटन व्यवसायी हुन् ।
विवेकशील साझा पार्टी पोखरा महानगरका संयोजक अजय श्रेष्ठको संयोजकत्वमा आयोजित भेलाले २४ सदस्यीय वडा समिति गठन गरेको हो ।
समितिका सदस्यमा कुन्दन भट्टराई, दीपक भट्टराई, चेतन अधिकारी, यशोदा परियार, माया श्रेष्ठ, बिमला श्रेष्ठ, सुमन शर्मा, जितेन बोगटी, केबी लामा, उमेश श्रेष्ठ, नुमेस सिटौला, हुमादत्त रेग्मी, दामोदर पराजुली, प्रदीप खरेल, अभिनय उदास, वसन्त श्रेष्ठ, इनोक लामिछाने, सुशील भट्टराई, राजेश सुनुवार, कृष्ण पहारी, बिबी थापा, यमनारायण श्रेष्ठ र राजबहादुर खड्का छन् ।
कार्यक्रममा विवेकशील साझा पार्टीका सचिवालय सदस्य तथा गण्डकी प्रदेश संयोजक महेश भण्डारीले राजनीतिक पार्टी पिँधबाट बन्ने उल्लेख गरे । उनलेगाउँ गाउँ, बस्ती बस्तीमा वैकल्पिक राजनीतिक अभियान चलाइने बताए ।
पोखरा ६ वडा समिति संयोजक पौडेलले पार्टीले लिएको ‘उद्यमशीलतासहितको राजनीति’ भन्ने सिद्धान्तलाई पर्यटकीय क्षेत्र बैदामका हरेका व्यवसायी र मजदुरमाझ लैजाने प्रतिबद्धता व्यक्त गरे ।
नवघोषित वडा समितिको तर्फबाट वडा समिति सदस्य कुन्दन भट्टराईले पार्टीको युवामैत्री विचार, व्यवहार र अभियानले आफू अकार्षित भएको सुनाए ।
पर्यटन व्यवसायी सन्तोष पोखरेलले विवेकशील साझा पार्टीको पार्टीको सिद्धान्तमात्रै होइन, नेतृत्व पनि सही रहेको उल्लेख गरे ।
कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य तथा गण्डकी प्रदेश सहसंयोजक जमुना शर्मा, केन्द्रीय सदस्य श्रीकृष्ण श्रेष्ठ, नारायण खनाल, सुशीला केसी अधिकारी, रजनी केसी, पवित्रा थापा, कास्की संयोजक फणिन्द्र अधिकारी, कास्कीका पूर्व संयोजक एकराज न्यौपाने, पोखरा महानगरका पूर्व संयोजक मनकाजी गुरुङ, पोखरा महानगर सहसंयोजक बिपना कुँवर, महानगर सदस्य युनिक पौडेल लगायत नेताले नवघोषित कार्यसमितिलाई शुभकामना दिएका थिए ।
पार्टीका पोखरा महानगर संयोजक अजय श्रेष्ठले महानगरका अन्य वडामा पनि संगठन निर्माणको तयारी गरिएको जानकारी दिए ।
तपाईको प्रतिक्रिया