पोखरा २५ लाई कांग्रेसको ज्ञापनपत्र

समाधान संवाददाता २०७८ वैशाख १६ गते ८:१९

समाधान संवाददाता, पोखरा

पोखरा महानगरपालिका २५ नं. वडा कार्यालयलाई नेपाली कांग्रेस पोखरा २५ इकाईले ज्ञापन पत्र पेश गरेको छ ।

नेपाली कांग्रेसको एक अनुगमन समितिले हेमजावासीसँग प्रत्यक्ष भेटघाटबाट समस्या पहिचान गरी ती समस्या तत्काल समाधान गर्न वडा कार्यालाई ज्ञापन पत्र बुझाएको नेपाली काँग्रेस पोखरा २५ हेमजा इकाइका सभापति मधुसुदन त्रिपाठीले जानकारी दिए ।

Advertisement

सभापति त्रिपाठी र सहसभापति दानबहादुर थापाले पोखरा २५ हेमजाका कार्यवाहक अध्यक्ष दलबहादुर कुँवर र वडा सदस्य जितबहादुर कार्कीलाई ज्ञापनपत्र हस्तान्तरण गरे ।

धेरै विकासका सम्भावना भएको यस वडामा आम हेमजावासीले अपेक्षा गरे अनुरुपको विकास र सुविधाबाट बञ्चित भएकाले तत्कालसुधार्न ज्ञापन पत्रमार्फत आग्रह गरिएको छ ।

Advertisement

स्थानीय तहको निर्वाचनपश्चात वडाबासीले जनप्रतिनिधिबाट लिएको अपेक्षापूरा हुन नसकेको भन्दै विकासका पूर्वाधारलाई गम्भीरतापूर्वक लिएर छिट्टै व्यवस्थापन गरी कार्यक्रमल्याउनुपर्ने ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।

ज्ञापनपत्रमा घर जग्गा र अन्य कर, फोहोर मैला व्यवस्थापन, खानेपानी, सडक, पुलका काममा आम हेमजावासीले सास्ती खेप्नु परेको गुनासो आएकालेअविलम्व समाधान गर्न आग्रह गरिएको छ ।

लक्षितवर्ग कार्यक्रममा पारदर्शी नदेखिएको, आफन्तलाई मात्र वितरण गर्ने मनसाय राखेको र यसलाई तत्काल सुधारेर हेमजावासीले अनुभूति गर्ने बनाउन माग गरिएको छ ।

नक्सा पास, निर्माण सम्पन्नको प्रमाण, विभिन्न सिफारिसपत्र आदिको लागि सेवाग्राहीलाईछिटो, छरितो सेवा दिन आग्रह गरिएको छ ।

निर्वाचित प्रतिनिधिहरू विकासm निर्माणमा संलग्नभई नीतिगत निर्णय गर्नुपर्ने र जनताका समस्या समाधान गर्न बढी क्रियाशील हुनुपर्नेमा सो नदेखिनु,वडाभित्र रहेका वास्तविक सुकुम्बासीको पहिचान गरी उनीहरूको आधारभूत माग सम्बोधन गर्न पहल गर्नुपर्ने र फाराम भर्न छुटपुट भएकालाई अविलम्ब प्रक्रियामा लैजानुपर्ने, यस वडामा अत्यन्त कम बजेट विनियोजन भएको देखिएकाले वडामा बजेटपार्न वडा प्रमुखले विशेष पहलगरी थपबजेटको व्यवस्था गर्नुपर्ने ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।

सुईंखेत खोलाका नदीजन्य सामग्री वडाले आफ्नो मनोमानी ढंगबाट आफूखुसीका मानिसलाई उपलब्ध गराएको भन्ने जनगुनासो आएका्लाई यसलाई अविलम्व रोक्न आग्रह गरिएको छ ।

ज्ञापनपत्र बुझ्दै कार्यवाहक अध्यक्ष दलबहादुर कुँवरले वास्तविक समस्या पहिचान गरीसमाधान गर्न लाग्ने प्रतिवद्धता जनाए ।

अनुगमन समितिको संयोजकमा दानबहादुर थापा, सदस्य सचिवमा मोतीराज तिमिल्सिना, तथा सदस्यमा नीलकण्ठ पौडेल, दयाराम बास्तोला, दानबहादुर भुजेल, नरबहादुर सापकोटा, नारायणबहादुर कुँवर, दीपकबहादुर थापा, मैयाँ सापकोटा, भीमप्रसाद श्रेष्ठ, र गणेशप्रसाद अधिकारी छन् ।

तपाईको प्रतिक्रिया