आजै मन्त्रिमण्डल बिस्तार गर्ने मुख्यमन्त्रीको तयारी

समाधान संवाददाता २०७८ वैशाख १६ गते १५:५६

समाधान संवाददाता, पोखरा ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेश सरकारको मन्त्रिमण्डल बिस्तार गर्ने तयारी गरेका छन् । आजै मन्त्रिमण्डल बिस्तार हुनेछ ।

मुख्यमन्त्री गुरुङले केही मन्त्रालय विभाजन गरेर मन्त्रिमण्डल बिस्तार गर्ने तयारी गरेको श्रोतले जानकारी दियो ।

Advertisement

माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि यसअघि नै २ वटा मन्त्रालय खाली छन् । बिस्तारित मन्त्रिमण्डलमा को को नयाँ अनुहार थपिदैछन् भन्ने थाहा हुन सकेको छैन् ।

आजै बसेको मन्त्रिपरिषद् बैठकले हाल कायम रहेका मन्त्रालय मध्ये केहीलाई फुटालेर मन्त्रालय संख्या बढाएको दावी श्रोतले गरेको छ ।

Advertisement

तपाईको प्रतिक्रिया