लुम्बिनीमा नेपाल पक्ष पनि पाेखरेलकै समर्थनमा, आजै सपथ ग्रहणकाे तयारी

समाधान संवाददाता २०७८ वैशाख १९ गते १२:३९

समाधान संवाददाता, बुटबल ।

नेकपा एमालेको लुम्बिनी प्रदेश संसदीय दलको बैठक भर्खरै सकिएकाे छ । बैठकले शंकर पोखरेललाई पुन संसदीय दलकाे नेता चयन गर्दै उनकै नेतृत्वमै सरकार बनाउने निर्णय गरेको छ।

संसदमा अविश्वासको प्रस्ताव दर्ता भएपछि ससदको विशेष अधिवेशन सुरु हुनुअघि नै राजीनामा दिएका पोखरेललाई नै मुख्यमन्त्री बनाउने गरी दलको बैठकले निर्णय गरेको हो।

Advertisement

दलको निर्णअनुसार एमालेले संविधानको धारा १६८ (१) अन्तर्गत एकल बहुमतको दाबीसहित मुख्यमन्त्रीमा पोखरेललाई नियुक्त गर्न अनुरोध गर्दै प्रदेश प्रमुखलाई पत्र बुझाउँदैछ।

संविधानको धारा १६८ को उपधारा (१) बमोजिम प्रदेश प्रमुखले प्रदेश सभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई मुख्यमन्त्री नियुक्ति गर्ने र निजको अध्यक्षतामा मन्त्रिपरिषद् गठन गर्नसक्ने व्यवस्था छ।

Advertisement

मुख्यमन्त्री पोखरेलको यसअघिको सरकार संविधानको धारा १६८ (२) अनुसारको संयुक्त सरकार थियो।

संसदीय दलको बैठकमा एमालेको माधवकुमार नेपाल समूहका दुई जना सांसदहरू पनि सहभागी भएका थिए।

आइतबार बिहान लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएलगत्तै बसेको दलको बैठकबाट निर्णय गराएका पोखरेल आजै मुख्यमन्त्रीको शपथ लिने तयारीमा छन् ।

लुम्बिनी प्रदेशसभामा ८७ जना सांसद रहेकोमा पछिल्लो समय जसपाका चार र माओवादी केन्द्रका दुई जना सांसद निलम्बित भएपछि अहिले प्रदेशसभा ८१ सदस्यीय छ।

सत्तारूढ एमालेसँग ४१ सांसद छन्। संविधाननको धारा १६८ (१) अनुसार बहुमतको सरकार बनाउन पुग्ने ४१ सांसद आफ्नो दलका भएपछि पोखरेलले अविश्वासको प्रस्ताव पेश हुने दिन नै चलाखीपूर्वक राजीनामा दिएका हुन्।

तपाईको प्रतिक्रिया