गण्डकीमा आज थपिए २०३ संक्रमित, बागलुङका धेरै

समाधान संवाददाता २०७८ वैशाख २० गते १६:१०

समाधान संवाददाता, पोखरा

गण्डकी प्रदेशमा सोमबार २०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनलयका अनुसार ७३८ स्वाब परीक्षण गर्दा २०३ जनामा कोरोना पुष्टि भएको हो ।

कोरोना पुष्टि हुनेमा बागलुङका ७१ जना छन् । कास्कीका ४६, नवलपुरका ३९, गोरखाका २१, स्याङ्जाका १४, पर्वतका ५, मनाङका ३, तनहुँ र लमजुङका २/२ जना छन् । ६३ जनाले पछिल्लो २४ घन्टामा कोरोनालाई जितेका छन् ।

Advertisement

योसहित प्रदेशमा कोरोना संक्रमितको संख्या १९ हजार ४२४ पुगेको छ ।कुल संक्रमितमध्ये १७ हजार ९ जना निको भएका छन् भने २३२ जनाको मृत्यु भएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया