पार्टीलाई एक ढिक्का बनाउन अपिल

समाधान संवाददाता २०७८ वैशाख २४ गते ८:१८

समाधान संवाददाता, पोखरा

Advertisement

नेकपा एमाले स्थायी समितिका सदस्य तथा गण्डकी प्रदेशका आर्थिक मामला तथा योजना मन्त्री किरण गुरुङले पार्टीलाई एक ढिक्का बनाउने विश्वासको वातावरण तयार पार्न पार्टीका नेतालाई आग्रह गरेका छन् ।

शीर्ष नेताहहरुको नाममा बिहीबार अपिल प्रकासित गर्दै नेता गुरुङले पार्टीलाई एकता बनाउने सहमतिको विन्दु खोज्न आग्रह गरेका हुन् । ‘सबैले इख र बद्लाको भावना त्यागौं ।

आफ्नैभित्र एकअर्कालाई आरोप–प्रत्यारोप र निषेध गर्ने राजनीति छाडौं,’नेता गुरुङको अपिलमा भनिएको छ, ‘सर्वप्रथम पार्टीलाई एकढिक्का बनाओैं। त्यसको लागि विश्वासको वातावरण तयार पारौं । विश्वास आफ्नैलाई गरौं।’

उनले नेपाली कम्युनिस्ट आन्दोलनलाई विग्रह र विखण्डनबाट जोगाउन नेतालाई हठ र अहमतालाई त्याग्न अनुरोध गरेका छन् । नेता गुरुङले आफूमात्र सही छु भन्ने सोच र विचारलाई त्यागी पार्टीलाई एकताबद्ध बनाउने सहमतिका मिलन विन्दु खोज्न आग्रह गरे ।

Advertisement

एक दिनमा एक जनाले नेकपा (एमाले) पार्टी निर्माण नगरेको उल्लेख गर्दै उनले पार्टीको नेतृत्वमा अगाडि बढेको सिंगो नेपाली कम्युनिस्ट आन्दोलनलाई डुबाउने र आफूलाई समेत डुब्ने घृणित खेल बन्द गर्न माग गरेका छन् ।

सिंगो नेपाल र नेपाली जनताको आशा, भरोसा र भविष्यसँग जोडिएको नेपाली कम्युनिष्ट आन्दोलनलाई जोगाउन आग्रह गर्दै उनले आम कार्यकर्ताको त्याग र बलिदानमाथि खेलबाड नगर्न अनुरोध गरेका छन् ।

नेता गुरुङले सबै नेता र कार्यकर्तालाई गरेको अपिलमा विद्रोह र विग्रहको दिशातर्फ नगई एकताबद्ध पार्टी निर्माणको दिशातर्फ अगाडि बढ्न अनुरोध गरेका छन् ।

सिंगो नेपाली कम्युनिस्ट आन्दोलनलाई विग्रह र विखण्डनबाट जोगाउन आ–आफ्नो ठाउँबाट पहल नगरे नेता तथा कार्यकर्तालाई इतिहासले माफ नदिने उनको विश्लेषण छ ।

तपाईको प्रतिक्रिया