भारतमा यसरी फैलियो कोभिड महामारी

समाधान संवाददाता २०७८ वैशाख २४ गते ८:५७

अक्सिजन, अस्पतालको शड्ढया र आवश्यक औषधिको समेत अभाव हुन गएको अवस्थाले विज्ञहरूलाई समेत विस्मयमा पारिदिएको छ

बिबिसी, दिल्ली

भारतको संघीय सरकारका एक वरिष्ठ अधिकारीले सोमबार पत्रकारहरूसँग कुरा गर्दै देशमा राजधानी दिल्ली तथा अन्यत्र कतै पनि अक्सिजनको कुनै अभाव नरहेको बताएका थिए ।

Advertisement

उनले त्यसो भन्दै गर्दा उनी रहेको स्थानभन्दा केही माइल मात्रै पर रहेका कतिपय साना अस्पतालहरूले आफूहरूकहाँ अक्सिजन सकिएको र विरामीहरूको ज्यान जोखिममा पर्न लागेको भन्दै गुहार मागिरहेका थिए ।

तीमध्येको एउटा बाल अस्पतालका मुख्य चिकित्सकले बिबिसीसँग कुरा गर्दै आफूकहाँ रहेका विरामी बालबालिकाको जीवन कठिनतापूर्वक जोगाउन सकिएको बताए । किनकि त्यहाँ अन्तिम समयमा स्थानीय राजनीतिज्ञको सहयोगमा अक्सिजन जुटाउन सकिएको थियो ।

Advertisement

तर भारतको गृह मन्त्रालयका एक वरिष्ठ अधिकारी पीयूष गोयलले अक्सिजन ढुवानीको मात्र समस्या रहेको बताएका छन् । उनले अस्पतालहरूलाई स्थापित निर्देशिकाहरू अन्तर्गत रहेर सोचविचार गरेर मात्र अक्सिजनको प्रयोग गर्न अस्पतलाहरूलाई सुझाव पनि दिएका छन् ।

तर बिबिसीसँग कुरा गरेका चिकित्सकहरूले अत्यावश्यक परेका बिरामीलाई मात्र अक्सिजन दिने गरिएको बताएका छन् किनकि बिरामीका लागि पर्याप्त हुनेगरी अक्सिजन उपलब्ध नै छैन ।

विज्ञहरूका अनुसार अक्सिजनको अभाव अन्य विभिन्न समस्यामध्ये एउटा मात्र हो । ती समस्याले भारतको सङ्घीय र राज्य सरकारहरू कोरोनाभाइरस महामारीको यो पछिल्लो लहरबाट पुगेको क्षतिबाट जोगिन अलिकति पनि तयारी अवस्थामा नरहेको भन्ने देखाउँछन् ।

चेतावनी

यस्तो अवस्थाप्रति निकै समयअघि देखि नै विभिन्न चेतावनीहरू जारी भइरहेका थिए । नोभेम्बर महिनामा स्वास्थ्य मामिलाको एक संसदीय स्थायी समितिले देशमा अक्सिजन आपूर्तिको समस्या रहेको र अस्पतालहरूमा शड्ढयाहरू एकदमै अपर्याप्त रहेको बताएको थियो ।

फेब्रुअरी महिनामा बिबिसीसँगको कुराकानीमा पनि कतिपय विज्ञहरूले देशमा ‘कोभिडको सुनामी आउने’ चिन्ता व्यक्त गरेका थिए ।

मार्च महिनाको आरम्भतिर पनि सरकारले गठन गरेको वैज्ञानिकहरूको एक विज्ञ समूहले अधिकारीहरूलाई सचेत तुल्याउँदै देशका अझ तीव्र गतिमा संक्रमण फैलाउन सक्ने कोरनाभाइरसको प्रकार देशभरि फैलन सक्ने बताएका थिए ।

तर सरकारले संक्रमण रोक्ने कुनै प्रयास नगरेको उक्त समूहका एकजना वैज्ञानिकले बिबिसीलाई बताए । सरकारले यी आरोपहरूका सम्बन्धमा कुनै टिप्पणी गरेको छैन । यो सबै हुँदै गर्दा गत मार्च ८ तारिखमा देशका स्वास्थ्यमन्त्रीले भारत ‘कोरोनाभाइरस महामारीको अन्तिम चरणमा पुगेको’ घोषणा गरेका थिए ।

गत ज्यानुअरी फेब्रुअरीमा दैनिक संक्रमणको संख्या २० हजार झरेको थियो । गत सेप्टेम्बरमा संक्रमण उच्च दरमा रहँदा त्यस्तो संख्या औसतमा दैनिक ९० हजार थियो ।

त्यसपछि प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोनाभाइरसलाई पराजित गरिएको घोषणा गरे र सबै सार्वजनिक जमघट खुला गरियो । त्यसपछि मानिसहरूले कोभिडबाट जोगिने सबै सुरक्षाका उपायहरू अपनाउन उपेक्षा गर्न थालेका देखियो ।

ठूला राजनीतिक भेलाहरू भए त्यसमा प्रधानमन्त्री मोदी तथा अन्य मन्त्रीहरूले पनि नाकमुख ढाक्ने मास्क नलगाईकनै सम्बोधन गरेको तथा सहभागिता जनाएका देखियो । लाखौँलाख मानिसहरू सहभागी हुने कुम्भ भेलाको आयोजनालाई अनुमति दिइयो ।

सुरक्षाको सन्देश दिने नेताहरूको व्यक्तिगत व्यवहार भने ठिक उल्टो भएको एकजना सार्वजनिक नीति तथा स्वास्थ्य प्रणालीका विज्ञ डा. चन्द्रकान्त लहरिया बताउँछन् । एकजना प्रसिद्ध भाइरसविज्ञ डा. शाहिद जमील भन्छन्, ‘सरकारले कोरोनाभाइरसको दोस्रो लहर आउन लागेको देख्दै देखेन र असमयमा नै उत्सव मनाउन थाल्यो ।’

कुरा अझ योभन्दा पनि धेरै छ । अहिलेको विपद्ले भारतमा सार्वजनिक स्वास्थ्य प्रणालीमा सरकारी लगानीको अवस्था कति कमजोर रहेछ र त्यो कति बेवास्ताको सिकार भएको रहेछ भन्ने पनि राम्ररी उजागर गरिदिएको छ ।

एकजना विज्ञ भन्छन्, ‘भारतको स्वास्थ्य प्रणालीको पूर्वाधार पहिले नै ध्वस्त थियो । मध्यमवर्ग र धनीहरूले बल्ल थाहा पाउँदैछन् ।’ महामारीअघि पैसा भएकाहरूले आफ्नो स्वास्थ्य उपचारका लागि सधैँ निजी अस्पतालहरूमा गएर सेवा लिने गरेका थिए । तर गरिबहरूले सधैँ नै डाक्टरलाई जँचाएर उपचार पाउन संघर्ष गरिरहनुपथ्र्याे ।

विगत छ वर्षदेखि भारतमा निजी तथा सार्वजनिक स्वास्थ्य सेवाको क्षेत्रमा भएको खर्च देशको कुल गार्हस्थ्य उत्पादनको ३.६ प्रतिशत छ । विकसित देशहरूले स्वास्थ्य सेवा क्षेत्रमा त्यो भन्दा निकै धेरै खर्च गर्छन् । उलपब्ध तथ्यांकअनुसार सन् २०१८ मा देशको कुल गार्हस्थ्य उत्पादनको अमेरिकाले १६.९ प्रतिशत र जर्मनीले ११. २ प्रतिशत स्वास्थ्य क्षेत्रमा खर्च गरेको थियो ।

तयारी

कतिपय ‘अधिकार सम्पन्न समिति’हरूले गत वर्ष नै कोरोनाभाइरसको अर्को लहरसँग जुध्ने तयारीका बारे कुरा गर्दै थिए । तर हाल अक्सिजन, अस्पतालको शड्ढया र आवश्यक औषधिको समेत अभाव हुन गएको अवस्थाले विज्ञहरूलाई समेत विस्मयमा पारिदिएको छ ।

‘पहिलो लहर केही सुस्त हुन थालेको बेलादेखि नै तिनीहरूले दोस्रो लहरका लागि आवश्यक तयारी गर्नुपर्ने थियो । तिनीहरूले त्यसै बेला नै अक्सिजनको उलपब्धता, रेम्डेसिभिरजस्ता औषधिको मौज्दातको लेखाजोखा गरेर उत्पादन र अन्य क्षमता बढाउन सक्थे,’ महाराष्ट्र राज्यका भूतपूर्व स्वास्थ्य सचिव महेश जगाडेले बिबिसीसँग भने ।

अधिकारीहरू भन्छन्ः भारतले माग उच्च भएको अवस्थालाई समेत धान्न सक्नेगरी पर्याप्त अक्सिजन उत्पादन गर्छ तर समस्या त्यसको ढुवानीको मात्रै हो । विज्ञहरू भन्छन् यो समस्याकारी अवस्थाको समाधान उहिल्यै भइसक्नुपर्ने थियो ।

तपाईको प्रतिक्रिया