सिलिन्डर खोजेर उत्पादकलाई बुझाइयो

समाधान संवाददाता २०७८ वैशाख २५ गते १८:४३

समाधान संवाददाता, पोखरा

बजारमा रहेका अक्सिजन सिलिन्डर संकलन गरेर कास्की प्रहरीले अक्सिजन उत्पादक कम्पनीलाई उपलब्ध गराएको छ । जिल्ला प्रहरी कार्यालय कार्यालय कास्कीले शनिबार अक्सिजन उत्पादक कम्पनीलाई १ सय ८७ अक्सिजन सिलिन्डर हस्तान्तरण गरेको हो ।

मेटल कम्पनी, वर्कसप, इन्जिनियरिङ वर्कसप, मोटर ग्यारेज, ग्यास वेल्डिङसँग रहेका सिलिन्डर संकलन गरेर २ कम्पनीलाई दिइएको हो ।
कालिगण्डकी अक्सिजन प्रालि र पोखरा अक्सिजन प्रालिलाई खाली अक्सिजन सिलिन्डर दिइएको हो । गण्डकी प्रदेशमा यी २ कम्पनीबाट अक्सिजन उत्पादन हुँदै आएको छ ।

Advertisement

पछि फिर्ता गर्ने सर्तमा संकलन गरेर सहयोग गरिएको कास्की प्रहरी प्रवक्ता डिएसपी सुवास हमालले जानकारी दिए । ‘अस्पतालमा अक्सिजन सिलिन्डर अभाव नहोस् भनेर सहयोग गरेका छौं,’ हमालले भने ।

मेटल उद्योगहरुले फलाम काट्न अक्सिजन प्रयोग गर्छन् । कास्की प्रहरीले खाली भएका सिलिन्डर भए उपलब्ध गराउन आग्रह गरेको छ । कालिगण्डकी अक्सिजन प्रालिले दैनिक ४ सय जति सिलिन्डर अक्सिजन उत्पादन गरिरहेको छ । कोरोना महामारी आउनुपूर्व यो कम्पनीले २ सय हारहारीमा अक्सिजन उत्पादन गथ्र्यो ।

Advertisement

गण्डकी प्रदेशका १० जिल्लामा कालिगण्डकी र पोखरा अक्सिजन प्रालिले अक्सिजन पूर्ति गर्छन् । नवलपुरमा भने चितवनकै उद्योगबाट अक्सिजन ल्याइन्छ । कालिगण्डकी अक्सिजनसँग ३ हजार र पोखरा अक्सिजनसँग १ हजार ५ सय अक्सिजन सिलिन्डर छन् ।

यी दुवै कम्पनी हाललाई कुनै समस्या नभए पनि संक्रमित दर बढिरहे भन्न नसकिने बताउँछन् । उत्पादनमा समस्या नहुने तर सरकारले सिलिन्डर व्यवस्थापनमा चासो नदिए बजारमा अक्सिजन अभाव हुन सक्ने उत्पादकको भनाइ छ ।

त्यसबाहेक सरुवा रोग अस्पतालमा ४१ सहित जिल्लाका अस्पतालमा गरेर ५ सय सिलिन्डर रहेको प्रदेश स्वास्थ्य निर्देशनालयको अनुमान छ । संघ सरकारले चीनबाट २० हजार अक्सिजन सिलिन्डर ल्याएर व्यवस्थापन गर्ने तयारी गरिरहेको छ । प्रदेश सरकार केन्द्रकै भरमा बस्दा स्थिति झनै भयावह बन्न सक्ने देखिन्छ ।

११ वटै जिल्लामा अक्सिजन प्लान्ट स्थापना गर्न पहल भइरहेको छ । अहिले केही जिल्लामा मात्रै अक्सिजन प्लान्ट छ । मनाङ, लमजुङ जिल्ला अस्पताल र मध्यविन्दु जिल्ला अस्पतालमा प्लान्ट स्थापनाका लागि पहल भइरहेको जनाइएको छ ।

पर्वतमा भने प्रदेश सरकारले जडान गरिदिएको अक्सिजन प्लान्ट उत्पादनविहीन बनेको छ । प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले ७५ लाख रुपैयाँमा जिल्ला अस्पताल पर्वतमा गत कात्तिकमा अक्सिजन प्लान्ट जडान गरिदिएको थियो । पछिल्लो समय कोरोना संक्रमित अक्सिजनको अभावमा मृत्युको मुखमा जाने अवस्थामा भए पनि प्लान्टबाट अस्पतालले बिरामीको बेडसम्म अक्सिजन पु¥याउन नसकेको हो । सुरुमा यो अस्पतालको १२ बेडलाई पुग्ने गरी प्लान्ट राखिएको थियो ।

उत्पादित अक्सिजन सिलिन्डरमा भर्न १५ लाख पर्ने छुट्टै मेसिन आवश्यक पर्ने भएकोले तत्काल त्यो सम्भव नभएको अस्पताल स्रोत बताउँछ । ४९ थान अक्सिजन सिलिन्डरमध्ये ४० वटा भरी सिलिन्डर रहेको अस्पताल प्रशासनले जनाएको छ । यो प्लान्टबाट मेसिन सञ्चालनमा रहँदा १२ वटा सिलिन्डर क्षमताको अक्सिजन उत्पादन हुन्छ ।

तपाईको प्रतिक्रिया