बागमारा युवा संगमले सचेतनासँगै सहयोग गर्ने

समाधान संवाददाता २०७८ वैशाख २६ गते ७:०९

समाधान संवाददाता, पोखरा

युवा सशक्तीकरणका साथै सामाजिक सेवाका क्षेत्रमा क्रियाशील बागमारा युवा संगम समूहले विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को रोकथाम तथा नियन्त्रणका लागि सचेतनासँगै सहयोग अभियान चलाउने भएको छ ।

बागमारा युवा संगम समूहको सामाजिक दूरीसहित शनिबार भएको बैठकमा महामारी सहर बजार हुँदै गाउँवस्तीसम्म पनि पसेको अवस्थालाई दृष्टिगत गर्दै स्वास्थ्य सचेतनासँगै आवश्यकता अनुसारको सहयोगमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने लगायतका विषयमा छलफल गरिएको समूहका अध्यक्ष महेश्वर अर्यालले जानकारी दिए ।

Advertisement

समाजमा बिरामी भएका व्यक्तिका लागि आवश्यक पर्ने एम्बुलेन्सको व्यवस्थापनका सँगै अन्य विभिन्न समस्यामा पनि समूहले सहजीकरण गर्ने र स्वास्थ्य सुरक्षा मापदण्डको पालना गर्दै कोरोनासँग बच्न सक्ने उपायका सम्बन्धमा पनि समाजमा सचेतना अभिवृद्धि गर्ने उनले बताए ।

आफ्नो क्षेत्रलाई सुरक्षित राख्नका लागि सबै किसिमको सजगता अपनाइने अध्यक्ष अर्यालले बताए ।

Advertisement

बैठकले समूहका नाममा वडामा परेको रकमले पानीट्याङ्कीस्थित क्लबको जग्गा व्यवस्थापन एवं आवश्यक परे ताराबार गर्ने, वडाको मातहतमा रहेको भवनलाई क्लबको नेतृत्वमा लिनका लागि सम्बन्धित निकायहरूमा पत्राचार गर्ने, प्रत्येक महिनाको अन्तिम शनिबार बैठक बस्ने लगायतका निर्णय गरेको छ ।

तपाईको प्रतिक्रिया