मन्त्री बस्नेतलाई पितृशोक
समाधान संवाददाता
२०७८ वैशाख २६ गते १०:४६

समाधान संवाददाता, पोखरा
गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा विकास मन्त्री र आन्तरिक मामिला तथा कानुन मन्त्री रामशरण बस्नेतलाई पितृशोक परेको छ ।
८२ वर्षीय लिलाबहादुर बस्नेतको आइतबार आफ्नै घरमा निधन भएको परिवार स्रोतले जानकारी दियो । बस्नेतका ३ छोरा र १ छोरी छन् । मन्त्री बस्नेत उनका कान्छा छोरा हुन् ।
बस्नेत ३ वर्षदेखि श्वासप्रश्वास र फोक्सोको समस्याले थलिएका थिए ।
सम्बन्धित
३
तपाईको प्रतिक्रिया