क्याम्पस भवन बनाउन ५ लाख

समाधान संवाददाता २०७८ वैशाख २७ गते १२:०१

समाधान संवाददाता, पोखरा

विवाहको २५ औं वर्षको अवसरमा पोखरा बहुमुखी क्याम्पसकी प्रमुख शिशुकला पराजुलीले आफैं कार्यरत क्याम्पसको भवन बनाउन ५ लाख २५ रुपैयाँ आर्थिक सहयोग गरेकी छन् ।

पोखराको पहिलो सामुदायिक यो क्याम्पसले अहिले पोखरा ९ शान्ति वनबाटिकामा सुविधासम्पन्न र अपांगमैत्री भवन निर्माण गरिरहेको छ ।

Advertisement

क्याम्पस भवन बनाउनका लागि पराजुली र उनका पति परशुराम पौडेलले सहयोग रकमको चेक क्याम्पसलाई हस्तान्तरण गरेका थिए ।

क्याम्पसका अध्यक्ष नरेन्द्रमान लालचनले सबैबाट आर्थिक सहयोग जुटाएर भवन निर्माणमा जुटेको बताए । पराजुलीले सामुदायिक क्याम्पस भएकाले समुदायकै सहयोगको भरमा सञ्चालन हुने अवस्था रहेको बताइन् ।

Advertisement

२०४४ मा स्थापना भएको यो क्याम्पसले अहिले ९ करोड रुपैयाँ लागतमा भवन बनाइरहेको छ । क्याम्पसमा अहिले स्नातक तहमा ४ वर्षे व्यवस्थापन (बिबिएस) र मानविकी (बिए) संकाय अध्यापन हुन्छ ।

तपाईको प्रतिक्रिया