पाल्पाका गैरेलाई अमेरिकामा विद्यावारिधी

समाधान संवाददाता २०७८ वैशाख २९ गते ९:२३

समाधान संवाददाता, पोखरा

पाल्पाको वगनासकाली गाउँपालिका वडा नं. ७ खानीगाउँका शंकर गैरेले अमेरिकाबाट विद्यावारिधी गरेका छन् ।

अमेरिकाको टेक्सस राज्यस्थित ए एन्ड एम विश्वविद्यालयबाट डिपार्टमेन्ड अफ प्लान्ड प्याथोलोजी एन्ड माइक्रोबायोलोजी बिषयमा उनले विद्यावारिधी गरेका हुन्छन् ।

Advertisement

चितवनस्थित रामपुर कृषि क्याम्पसवाट कृषि बिषयमा एमएसी गरेका गैरेले अमेरिकाको उक्त विश्वविद्यालयवाट विद्यावारिधी गरेका हुन् ।

उनलाई सो विश्वविद्यालयका उपकुलपति प्याट्रिक स्टोभरले उपाधि प्रधान गरे । ५ वर्षअघि अध्ययनका क्रममा अमेरिका गएका गैरेले त्यसअघि कृषि तथा वन विश्वविद्यालय चितवनमा २ वर्ष प्राध्यापन गरेका थिए ।

Advertisement

विश्वव्यापी पैmलिएको कोरोना भाइरस कोभिड १९ को संङक्रमण बढेपनि शैक्षिक क्यालेन्डरमा भने कुनै असर नपरेको कारण नियमित पढाई भएको हुँदा समयमा नै विद्यावारिधी गर्न सफल भएको गैरेले बताए ।

तपाईको प्रतिक्रिया