गण्डकीमा आज काेराेनाबाट २३ जनाकाे मृत्यु

समाधान संवाददाता २०७८ वैशाख ३१ गते १७:०६

समाधान संवाददाता, पोखरा ।

Advertisement

गण्डकीमा कोरोना संक्रमणबाट थप २३ जनाको मृत्यु भएको छ । गण्डकीका विभिन्न जिल्लाका पोखरामा उपचाररत १९ जनाको जनाकाृ मृत्यु भएको हो भने बाँकी ४ जनाको धौलागिरि अस्पताल बागलुङमा उपचारको क्रममा मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ ।

योसँगै गण्डकीमा वैशाख महिनामा मात्र १ सय ३४ जनाको मृत्यु भएको छ भने अहिलेसम्म गण्डकीमा मृत्यु हुनेको संख्या ३ सय ४१ पुगेको छ ।

पोखरा–१५ की ४५ वर्षीय महिलाको फिस्टेल अस्पतालमा उपचारका क्रममा शुक्रबार बिहान मृत्यु भएको छ । उनलाई २६ गते कोरोना संक्रमण देखिएर अस्पताल भर्ना गरिएको थियो । २६ गते चरक मेमोरियलमा भर्ना भएका कास्की–४ का ८२ वर्षीय संक्रमितको बिहान मृत्यु भएको छ ।

पोखरा–१३ का ६० वर्षीय संक्रमितको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा–२८ वर्षीय महिला, पोखरा–३३ का ४० वर्षीय पुरुषको मृत्यु भएको छ ।

Advertisement

यस्तै पोखरा–१७ का ३१ वर्षीय पुरुषको गण्डकी मेडिकल कलेजमा ज्यान गएको छ । पोखरा मणिपाल शिक्षण अस्पतालमा तानसेन नगरपालिका–२६ का ७७ वषीय महिला, पोखरा–३ का ७६ वर्षीय पुरुष, पोखरा–१७ का ६३ वर्षीय पुरुष, कास्की–२५ का ४२ वर्षीय पुरुषको शुक्रबार मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशक विनोद विन्दु शर्माले जानकारी दिए ।

रुपा गाउँपालिका १ का ६६ वर्षीय पुरुष, स्याङ्जा पुतलीबजार नगरपालिका–६ का ३३ वर्षीय पुरुष, आँधिखोला गाउँपालिका–३ स्याङजाका ५१ वर्षीय पुरुषको पोखरामा उपचारका क्रममा ज्यान भएको छ ।

यस्तै स्याङ्जा गल्याङ नगरपालिका–३ का २६ वर्षीय पुरुषको ज्यान गएको छ । बागलुङ बडिगाड गाउँपालिका–४ का ४० वर्षीय पुरुष, बागलुङ नगरपालिकाका ३९ वर्षीय पुरुष, बागलुङ–७ का ६३ वर्षीय पुरुषको धौलागिरि अस्पतालमा उपचारको क्रममा ज्यान गएको छ ।

तनहुँ भीमाद नगरपालिका–६ का ४४ वर्षीय पुरुष, शुक्लागण्डकी–६ का ४८ वर्षीय पुरुष र म्याग्दे गाउँपालिका–३ का ५१ वर्षीय पुरुषको पोखरामा उपचारका क्रममा ज्यान गएको छ ।

कोरोना संक्रमण सुरु भएयता गण्डकीमा एकै दिन यति धेरै मृत्यु भएको यो पहिलो पटक हो । यसअघि सबैभन्दा बढी १६ जनाको ज्यान गएको थियो । गण्डकी प्रदेशमा शुक्रबार ६ सय ८० संक्रमित थपिएका छन् ।

अहिलेसम्म सबैभन्दा बढी कोरोना संक्रमणबाट कास्की जिल्ला प्रभावित छ । गण्डकीमा कुल सक्रिय संक्रमितको संख्या ७ हजार २ सय ५७ पुग्दा कास्कीमा मात्र ३ हजार ६ सय ३० छन् । कास्कीमा मृत्यु हुनेको संख्या १ सय ८५ पुगेको छ ।

तपाईको प्रतिक्रिया