११ देशका लागि राजदूत सिफारिस

समाधान संवाददाता २०७८ जेठ १ गते १४:०४

काठमाडौँ

परराष्ट्र मन्त्रालयले ११ मुलुकमा तीन वर्षदेखि रिक्त राजदूत नियुक्तिका लागि नाम सिफारिस गरेको छ ।

अष्ट्रिया, इजिप्ट, श्रीलंका, दक्षिण कोरिया, अष्ट्रेलिया, रूस, बर्मा, बहराइन, ब्राजिल, डेनमार्क र साउदी अरेबियाका लागि परराष्ट्रले ११ जनाको नाम राजदूतको प्रस्ताव गर्दै सिफारिस गरेको हो।

Advertisement

प्रस्तावित नाम संसदीय सुनुवाइका लागि शुक्रबार नै संसद्‌ सचिवालयमा पठाइएको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताएका छन् ।

कुन देशका लागि को भए सिफारिस ?

Advertisement

१। कुलप्रसाद नेपाल, ब्राजिल

२। जंगवहादुर चौहान, रूस

३। नारायणप्रसाद संग्रौला, बर्मा

४। कृष्णचन्द्र शर्मा, दक्षिण कोरिया

५। मेराज मुसलमान, साउदी अरेबिया

६। सुम्‍निमा तुलाधर, अष्ट्रेलिया

७। रमेशचन्द्र पौडेल, श्रीलंका

८।निर्मलराज काफ्ले, अष्ट्रिया

९। युवराज कार्की, बहराइन

१०। जीवनप्रकाश श्रेष्ठ, इजिप्ट

११। सुमीत्रा सुवेदी, डेनमार्क

तपाईको प्रतिक्रिया