अन्नपूर्ण एफएमका निर्देशक लामाको निधन

समाधान संवाददाता २०७८ जेठ ५ गते १४:२०

समाधान संवाददाता, पोखरा 

अन्नपूर्ण एफएमका निर्देशक सुशीलकुमार लामाको कोरोना संक्रमणबाट निधन भएको छ । २०२२ मंसिर २ गते पोखरामा जन्मिएका उनी ५६ वर्षका थिए । केही दिनअघि कोरोना संक्रमण भएका उनको काठमाडौं धापासीस्थित ग्रान्डी इन्टरनेसनल अस्पतालको आइसियु कक्षमा उपचारको क्रममा मंगलबार साँझ साढे ६ बजे उनको निधन भएको हो ।


पोखरामै उपचाररत गराइरहेका लामाको स्वास्थ्य जटिल बनेपछि थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौं लगिएको थियो । बाराही माविबाट स्कुले शिक्षा पाएका लामाले रसियाबाट इन्जिनियरिङको अध्ययन पूरा गरेका थिए । केही समय इन्जिनियरिङ अध्ययन संस्थान पश्चिमाञ्चल क्याम्पस लामाचौरमा प्राध्यापनसमेत गरेका उनी पोखरा केबुल टेलिभिजनको संस्थापक प्रबन्ध निर्देशक हुन् । पछिल्लो समय उनी म्याक्स टिभीका सञ्चालक थिए ।


पुख्र्याैली घर मुस्ताङको ताङ्बे गाउँ भएका लामा ग्रिन ताङ्बे लिमिटेडका अध्यक्ष पनि थिए । उनका श्रीमती डा माया लामा र दुई छोरा सुशिन र वरदान लामा छन् ।

Advertisement

तपाईको प्रतिक्रिया