कास्कीमा १४ गतेसम्म निषेधाज्ञा

समाधान संवाददाता २०७८ जेठ ५ गते २१:२५

समाधान संवाददाता, पोखरा

कास्कीमा थप १ साता निषेधाज्ञा थप गरिएको छ । जिल्ला प्रशासन कार्यालय, कास्कीले बुधबार आदेश जारी गर्दै १४ जेठसम्म निषेधाज्ञा थप गरिएको जनाएको छ ।

बुधबार कास्कीका १७६ सहित गण्डकीमा थप ६८८ जनामा कोरोना पुष्टि भएको छ । यस्तै बुधबार कास्कीका ८ संक्रमितको ज्यान गएको थियो ।

कोरोनाको चेन ब्रेक गर्न भन्दै जिल्ला प्रशासनले निषेधाज्ञा थप गरेको हो ।

तपाईको प्रतिक्रिया