एसईई भौतिक रुपमा सञ्चालनको सम्भावना न्युनः मन्त्री श्रेष्ठ

समाधान संवाददाता २०७८ जेठ १० गते १७:१२

काठमाडौँ– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले २०७७ को एसईई परीक्षा भौतिक रुपमा सञ्चालन गर्ने सम्भावना न्युन रहेको बताएका छन् ।

एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुको १३ बुँदे ज्ञापनपत्र बुझ्दै मन्त्री श्रेष्ठले एसइई परीक्षा भौतिक उपस्थितिमा हुने सम्भावना न्यून रहेका बताएका हुन् ।

सोही क्रममा उनले भने,‘कक्षा १२ र एसइई परीक्षाको विकल्प बारे छलफल भइरहेको छ ।’

Advertisement

तपाईको प्रतिक्रिया